News Portal

  • चाँगुनारायण १ मा पनि रोपियो एभोकाडो : प्रदेश सांसदद्वय श्रेष्ठ समेत अभियानमा संगसंगै

    मदन ढुंगाना / भक्तपुर पोस्ट चाँगुनारायण, ११ साउन २०८०
    ८२५ पटक
    chagunarayan city avocardo cityचाँगुनारायण, ११ साउन २०८०

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत चौथो पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको २ सातामै चौथो कार्यक्रम सम्पन्न भएको हो ।

    बिहीवार चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा एभोकाडो बितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको अभियन्ता बिनोद लामिछानेले बताए । स्थानीयको व्यापक उत्साहका बीच ४ सय २० बिरुवा वितरण गर्ने र रोप्ने कार्य सम्पन्न भएको अभियानको संयोजक नरेश खड्काले जनाएका छन् । संयोजक खड्काले जनाए अनुसार अभियान शुरु भएको २ सातामै चाँगु नारायणका ४ ठाउँमा बिरुवा वितरण गरिएको छ भने १ हजार बढी घरमा २ वटा एभोकाडोको विरुवा रोपिएको छ ।

    बिरुवा वितरण गर्ने र रोप्ने कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै अभियन्ता दिनेश खनालले चाँगुनारायणलाई एभोकाडोको शहर बनाउने बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख सल्लाहकार डिपी ढकालको सोच राम्रो लागेर अभियान शुरु गरिएको जानकारी गराए । उनले यो कुनै राजनीतिक वा, हचुवाको अभियान नभई चाँगुनारायणलाई स्वस्छ, सुन्दर र सम्बृद्ध बनाउने योजनावद्ध अभियान भएको दावी गरे ।

    उक्त कार्यक्रममा अभियन्ताहरुलाई उत्साह दिन बागमती प्रदेश सभाका सदस्य द्वय देवेन्द्र श्रेष्ठ र सुरेश श्रेष्ठ समेत सहभागी भएका थिए । सांसदद्वय श्रेष्ठले चाँगुनारायणको सौन्दर्य र सम्वृद्धिको लागि अभियानले सहयोग पुर्याउने बिश्वास व्यक्त गरे । उनीहरुले अभियानलाई स्थानीय सरकार र संघ सस्थाले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउदै आफ्नो र प्रदेश सरकारको तर्फबाट साथ् र सहयोग हुने आश्वासन समेत दिएका छन् ।

    अभियानमा एक्यवद्धता प्रकट गर्न वडा नम्बर १ का वडाध्यक्ष सिजन कार्की र २ नम्बर वडाका वडाध्यक्ष सोम प्रधानसमेत उपस्थित रहेका थिए । उक्त अवसरमा अभियन्ताहरु सुनिल गोठे, सुन्दर खनाल, चण्डिका लामिछाने, नवराज काफ्ले, राम खड्का, रामकुमार तामाङ, रामभक्त खत्री, सरराज उप्रेती, लक्ष्मण दुलाल लगायतको सहभागिता रहेको अभियन्ता दिपेश लामिछानेले जानकारी दिए ।

    यस अघि मंगलवार बिहान चाँगुनारायणको वडा नम्बर ९ ताथलीमा एभोकाडो बितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको थियो भने आगामी कार्यक्रम शनिवार बिहान चाँगुनारायण ८ सुडालमा राखिएको अभियानका प्रचार संयोजक समेत रहेका अभियन्ता संजीप घिमिरे शुभचिन्तकले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...