News Portal

  • राष्ट्रिय अनुसन्धानको भक्तपुर प्रमुखमा पुन: तिमल्सिना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ साउन २०८०
    ३६२७ पटक
    भक्तपुर, १५ साउन २०८०

    राष्ट्रिय अनुसन्धान विभागको भक्तपुर जिल्ला स्थित कार्यालय प्रमुख फेरिएका छन् । प्रकाश आचार्यलाई पालो दिएर विभाग पुगेका उप अनुसन्धान निर्देशक(एसपी) टेकराज तिमल्सिना पुन: भक्तपुर प्रमुख भएका हुन् ।

    सोमबार उनले जिल्ला प्रशासन कार्यालयस्थित कार्यकक्षमा पुगी पदभार समेत ग्रहण गरेका बताइएको छ । राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएपछि विभागको महत्वपूर्ण मानिने प्रशासन शाखामा तिमल्सिनालाई तानिएको थियो । निवर्तमान जिल्ला प्रमुख प्रकाश आचार्य सरुवा भई विभाग पुगेका बताइएको छ । उप अनुसन्धान निर्देशकद्वय तिमल्सिना र आचार्य दुवै विभाग प्रमुख थापाका बिश्वासपात्र मानिन्छन । सबैको रोजाइमा पर्ने उपत्यकाको जिल्ला कमाण्ड थापाकै इच्छामा तिमल्सिनाले दोहोर्याउन सफल भएका श्रोतको दावी छ । मिजाासिलो स्वभावका तिमल्सिना अनुसन्धान विभागमा काविल नेतृत्वकर्ताको रुपमा परिचित छन् ।

    राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । केही वर्ष अघि गृह मन्त्रालय मातहत रहेको यो विभाग पछिल्लो समय सिधै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मातहत रहेको छ ।सिंहदरवार गेटमा मुख्यालय रहेको विभागले प्रत्येक जिल्लामा कार्यालय खडा गरेको छ ।

    सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने यसको जिम्मेवारी रहेको छ । भक्तपुरमा यसका लागि कार्यालय प्रमुखको रुपमा उप अनुसन्धान निर्देशक एसपी सरहको दरबन्दी रहेको छ । त्यस्तै अनुसन्धान अधिकृत, सहायक र सूचक गरी १ दर्जन बढी अनुसन्धानका कर्मचारी कार्यरत रहेका श्रोतले जनाएको छ । जिल्लामा प्रमुख बाहेकका कर्मचारी प्राय: सार्वजनिक परिचयमा आउँन चाहदैनन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...