News Portal

  • नगरकोट र आसपासको क्षेत्रमा भारी वर्षा : सतर्क रहन जल तथा मौसम विज्ञान विभागको सूचना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ साउन २०८०
    ७६३ पटक
    भक्तपुर, १६ साउन २०८०

    भक्तपुरको नगरकोट र आसपासको क्षेत्रमा भारी वर्षा भएपछि बाढी र पहिरोको जोखिम बढेको छ । गए राति १ बजे सम्ममा नै सो क्षेत्रमा भारी वर्षा मापन भएपछि जोखिम बढेको हो ।

    जल तथा मौसम विज्ञान विभागले नगरकोट र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जनाएको छ । नगरकोटको जलमापन केन्द्रले सो क्षेत्रमा भारी वर्षा मापन गरेपछि मोबाइलमा संदेश नै पठाएर विभागले सतर्क समेत गराएको छ । विभागले राति सवा १ बजे नै मोबाइल संदेश पठाएर सतर्क गराएको हो ।

    ‘नगरकोट र आसपासको क्षेत्र भई बहने ससाना खोला खोल्साको बहाब बढ्न सक्ने र कमजोर भिरालो जमिनमा पहिरो खस्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाऔं ।’ संदेशमा भनिएको छ ।

    भक्तपुरको जिल्ला प्रशासन कार्यालयले संभावित बिपतलाई ध्यान दिई उद्धार टोलीलाई एलर्ट अवस्थामा राखिएको जनाएको छ । भक्तपुरका सहायक सिडिओ डोरेन्द्रप्रसाद निरौलाले पछिल्लो समय वर्षाका कारण जोखिम बढेकाले नगरकोट आवतजावत गर्दा सतर्क रहन आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...