News Portal

  • भक्तपुरमा कृषक भेला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ साउन २०८०
    ६६३ पटक
    kisan bhelaभक्तपुर, १६ साउन २०८०

    भक्तपुर नगरपालिकाले कृषकहरुको भेला गरेको छ । मंगलवार नगरभित्रका कृषकहरुको भेला गरिएको हो ।

    धानबालीमा लाग्ने रोग, किरा नियन्त्रण तथा किसानका समसामयिक समस्या समाधानबारे भेलामा प्रशिक्षण दिइएको नगरपालिकाले जनाएको छ । कृषकहरुलाई कृषीबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले भेला आयोजा गरिएको नगरप्रमुख सुनिल प्रजापतिको भनाइ छ ।

    भेलालाई सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले नेपाललाई आत्मनिर्भर बनाउन कृषि अर्थतन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकता औल्याए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानसँग जोडिएका कुनै काम गर्न नसकेको उल्लेख गर्दै उनले नार्कका कृषि वैज्ञानिकहरुलाई नयाँ अनुसन्धानमा क्रियाशील बनाउनुपर्ने र आधुनिक कृषि प्रविधिहरुको प्रयोग बढाउनुपर्ने प्रष्ट पारे ।

    उनले गण्डक सम्झौताको कारण तराईका किसानहरुले सिंचाइका लागि पानी नपाएको र समयमै धान रोप्न नसकेको बताए । यसले नेपालमा खाद्यान्न उत्पादनमा कमी हुने र खाद्यान्न आयात गर्नुपर्ने अवस्थाबारे सरकारले सोच्नुपर्ने सुझाव दिए ।

    त्यस्तै वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा र वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले किसानहरुलाई रोग नियन्त्रणका उपायहरुबारे सजग बनाए खाद्यान्न उत्पादनमा समेत वृद्धि हुने भएकोले नगरपालिकाले यस किसिमको कार्यक्रम आयोजना गर्दैै आइरहेको उल्लेख गरे ।
    नेक्राकिसंघका उपाध्यक्ष गोविन्द दुवालले नेपालले कृषि प्राविधिकहरुको उत्पादनमा जोड दिनुपर्ने बताउँदै धानबालीमा लाग्ने रोगहरुबारे किसानहरु समयमै सचेत भए भविष्यमा हुने नोक्सानीबाट जोगिने बिश्वास व्यक्त गरेका थिए ।
    उक्त अवसरमा भनपाका कृषि अधिकृत रवि ख्याजुले धानबालीमा लाग्ने विभिन्न रोगको प्रकोप र त्यसको नियन्त्रणका उपायहरुबारे प्रस्तुतीकरण मार्फत प्रष्ट पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...