News Portal

  • चाँगुबाट नेपाली नक्कली नोटसहित मानिसहरु पक्राउ

    केतिक्षा बस्नेत भक्तपुर, २६ साउन २०८०
    ७३६ पटक
    भक्तपुर, २६ साउन २०८०

    भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट नेपाली नक्कली नोटसहित मानिसहरु पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बलेफी नगरपालिका घर भई चाँगुनारायण ४ बुढाथोकी गाउँ बस्ने अर्जुन सुवेदीको कोठाबाट नेपाली जाली नोट(नक्कली नोट) सहित मानिसहरु पक्राउ परेका हुन् ।

    सुवेदीको कोठाबाट एक हजारका पन्ध्र सय वटा जाली नोट बरामद गरिएको बताइएको छ । साथै, कम्प्युटर र कलर प्रिन्टर समेत प्रहरीले बरामद गरेको छ । बिहिबार बेलुकी बुढाथोकी गाउँ पुगेको प्रहरीले सुवेदी सहित मानिसहरु तथा जाली नोट र सामान बरामद गरेको हो ।

    पक्राउ पर्नेमा बिभिन्न जिल्लाका ९ जना रहेपनि स्थानीय भने नरहेका भक्तपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए अनुसार काठमाडौको थानकोटमा नक्कली नोट सहित पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान गर्ने क्रममा चाँगुसम्म जालो जोडिएको पत्ता लागेपछि प्रहरीले छापा मारेको हो ।

    जिल्ला प्रहरी परिसरसंग समन्वय गरेर आएको थानकोटको प्रहरीले चाँगुबाट पक्राउ परेका सबै व्यक्ति र सामान आफैसंग लगेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी पाठकले प्रष्ट पारेका छन् । सो सम्बन्धी अनुसन्धानमा भक्तपुर प्रहरीको संलग्नता नरहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...