News Portal

  • कांग्रेसमा कुनै गुटउपगुट छैन, चाकडी र चाप्लुसी गर्नेहरुको रोदन मात्र छ : सभापति थापा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ साउन २०८०
    ४४० पटक
    भक्तपुर, २८ साउन २०८०

    नेपाली कांग्रेसको भक्तपुरमा कुनै गुटउपगुट नरहेको जिल्ला सभापति दुर्लभ थापाले जानकारी गराएका छन् । केन्द्रमा पनि नेताको चाकडी र चाप्लुसी गर्दै हिड्ने स्वार्थी समुहले मात्र गुटउपगुटको हल्ला फैलाएको उनको भनाइ छ ।

    सूर्यविनायक नगर समितिको बैठकमा सभापति थापाले गुटउपगुटको कुरा गर्ने नेता कार्यकर्ता सच्चा कांग्रेस हुन नसक्ने बताउदै सचेत गराएका नगर प्रवक्ता रमेश खड्काले जनाएका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति थापाले जनतामा केन्द्रीत भएर कामहरु गर्न निर्देशन समेत दिएका बताइएको छ ।

    “गुटउपगुटको कुरा गर्नेलाई वडा देखि तह लगाउने काम गर्नुस्, पार्टी सभापति तपाईको साथमा हुन्छ ।”  सभापति थापाले भने ।  आफू सदैव ईमान्दार कार्यकर्ताको पक्षमा रहने भन्दै कसैले यसैलाई गुट भन्ने ठाने ठिक नहुने उनले चेतावनी  पनि दिएका छन् । नेताको दैलो चहार्दै चाकडीचाप्लुसी गर्ने युग अन्त्य भएको भन्दै उनले नेतासंग रोएर नभई जनतासंग भिजेर मात्र कांग्रेसको नेतृत्व प्राप्त हुने प्रष्ट पारे ।

    बैठकमा सभापति थापाले केन्द्र, प्रदेश र जिल्लाबाट बिशेष आन्तरिक अभियानका लागि आएका नेताहरूलाई सहयोग गरेर अभियानलाई सफल पार्न  सूर्यविनायक नगर समितिलाई निर्देशन दिएका र भदौ १६ मा गर्ने तय भएको नगर सम्मेलन तयारीबारे जानकारी लिएका नगर प्रवक्ता खड्काले बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...