News Portal

  • मेडिकल माफिया सुनिल शर्मालाई भक्तपुरका कुनै भगवानले बचाउन सक्दैनन् : वाइसीएल इन्चार्ज रन्जित

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३० साउन २०८०
    २८१३ पटक
    भक्तपुर, ३० साउन २०८०

    योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसीएल नेपाल) का केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज नरेश रन्जितले सांसद सुनिल शर्मालाई मनोहरा खोला कटेर भक्तपुर नआउन चेतावनी दिएका छन् ।

    प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धान थालेपछि आत्तिएका मेडिकल कलेज संचालक समेत रहेका सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीमाथि संसदमै खराब टिप्पणी गरेपछि वाइसीएलका इन्चार्ज रन्जित आक्रोशित भएका हुन् ।

    वाइसीएल इन्चार्ज रन्जितले क्रान्तिका नायक र सुशासनका पहलकर्ता प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको पक्षमा देशका परिवर्तनकारी युवाशक्ति रहेको उल्लेख गर्दै भक्तपुरका कुनै भगवानले शर्मालाई बचाउन नसक्ने बताएका छन् । ” मेडिकल माफिया सुनिल शर्मालाई भक्तपुरका उनका भगवानले बचाउन सक्दैनन्, मनहरा खोला कटेर भक्तपुर प्रवेश नगर्न खबरदारी गर्दछौं ।” उनले भनेका छन् ।

    सुशासनका गफ दिनेहरुले सरकारको काममा हलो अड्काएको दुनियाँले देखिरहेकाले युवाले त्यसको हिसाबकिताब गर्ने चेतावनी समेत उनले दिएका छन् । भक्तपुर वाइसीएलले स्थानीय तहको र भक्तपुरमा रहेर भैरहेको सबैखाले भ्रष्टाचारको भन्डाफोर गर्ने उनको भनाइ छ । जिल्ला र स्थानीय तहका भ्रष्टाचारका फाइल खोल्न समेत वाइसीएलले सहयोग गर्ने इन्चार्ज रन्जितले उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...