News Portal

  • ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत शनिवार बिहान छालिङमा बिरुवा बाँडिने

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १ भदौ २०८०
    ५०८ पटक
    भक्तपुर, १ भदौ २०८०

    ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत भोलि शनिवार चाँगुनारायण-५ छालिङमा एभोकाडोको बिरुवा बितरण गरिने भएको छ । अन्य सबै वडामा बिरुवा बितरण गरेको अभियानले बाकी रहेको वडा नम्बर ५ मा पनि शनिवार बिरुवा बितरण गर्ने भएको हो ।                                                                                                                                  शनिवार बिहान ७:३० बजे छालिङ्स्थित राधाकृष्ण माविमा बिरुवा बितरण राखिएको स्थानीय समेत रहेकी अभियन्ता चण्डिका लामिछानेले जानकारी दिएकी छन् । उक्त अवसरमा उपस्थित प्रत्येक घरपरिवारका लागि दुई वटाको दरले एभोकाडोको बिरुवा उपलब्ध गराइने उनले बताइन् ।                                                                                                 वडा नम्बर ५ मा शनिवार बिरुवा बितरण भएसंगै चाँगुनारायणका प्रत्येक वडामा एभोकाडोको बिरुवा पुर्याउन अभियान सफल हुने अभियन्ता दिनेश खनालले जनाएका छन् । अभियानका संयोजक नरेश खड्काले दिएको जानकारी अनुसार अभियान अन्तर्गत ३ हजार बढी घरमा ६ हजार बढी एभोकाडोका बिरुवा रोपिएका छन् ।                                                                                                         चाँगुनारायण नगरलाई एभोकाडोको शहर बनाउने परिकल्पना भने यहाँका बौद्धिक नेता एवं बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले गरेका अभियन्ता सुन्दर खनाल बताउँछन । डिपी ढकाल चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियानका मुख्य संरक्षक समेत रहेका छन् । यस अभियान अन्तर्गत स्वतस्फूर्त रुपमा अभियन्ताहरु जोडिएका छन् र निशुल्क रुपमा स्थानीयलाई बिरुवा बितरण गरिरहेका अभियन्ता दिपेश लामिछानेको भनाइ छ । अभियानले ३ वर्षमा चाँगुनारायणका सबै घरमा एभोकाडो पुर्याउने र फलाउने लक्ष लिएको अभियन्ता रामकुमार तामाङले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...