‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत भोलि शनिवार चाँगुनारायण-५ छालिङमा एभोकाडोको बिरुवा बितरण गरिने भएको छ । अन्य सबै वडामा बिरुवा बितरण गरेको अभियानले बाकी रहेको वडा नम्बर ५ मा पनि शनिवार बिरुवा बितरण गर्ने भएको हो । शनिवार बिहान ७:३० बजे छालिङ्स्थित राधाकृष्ण माविमा बिरुवा बितरण राखिएको स्थानीय समेत रहेकी अभियन्ता चण्डिका लामिछानेले जानकारी दिएकी छन् । उक्त अवसरमा उपस्थित प्रत्येक घरपरिवारका लागि दुई वटाको दरले एभोकाडोको बिरुवा उपलब्ध गराइने उनले बताइन् । वडा नम्बर ५ मा शनिवार बिरुवा बितरण भएसंगै चाँगुनारायणका प्रत्येक वडामा एभोकाडोको बिरुवा पुर्याउन अभियान सफल हुने अभियन्ता दिनेश खनालले जनाएका छन् । अभियानका संयोजक नरेश खड्काले दिएको जानकारी अनुसार अभियान अन्तर्गत ३ हजार बढी घरमा ६ हजार बढी एभोकाडोका बिरुवा रोपिएका छन् । चाँगुनारायण नगरलाई एभोकाडोको शहर बनाउने परिकल्पना भने यहाँका बौद्धिक नेता एवं बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले गरेका अभियन्ता सुन्दर खनाल बताउँछन । डिपी ढकाल चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियानका मुख्य संरक्षक समेत रहेका छन् । यस अभियान अन्तर्गत स्वतस्फूर्त रुपमा अभियन्ताहरु जोडिएका छन् र निशुल्क रुपमा स्थानीयलाई बिरुवा बितरण गरिरहेका अभियन्ता दिपेश लामिछानेको भनाइ छ । अभियानले ३ वर्षमा चाँगुनारायणका सबै घरमा एभोकाडो पुर्याउने र फलाउने लक्ष लिएको अभियन्ता रामकुमार तामाङले बताएका छन् ।
‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत शनिवार बिहान छालिङमा बिरुवा बाँडिने
मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, १ भदौ २०८०
भक्तपुर, १ भदौ २०८०भक्तपुर नगरव्यापी खेलकुद प्रतियोगिता सम्पन्न, २ हजार ८ सय ४६ जना विद्यार्थी सहभागी
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न भएको छ । ६ दिन देखि जारी प्रतियोगिता बुधबार पुरस्कार...
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल छैटौं पटक पनि उपबिजेता
फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि हात पारेको छ । बंगलादेश...
सरस्वती माविले उचाल्यो देउसी भैलो रनिङ्ग शिल्ड, महेन्द्र विद्याश्रम दोश्रो र एड्भान्स तेस्रो
भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत...
नरबहादुर कर्माचार्यको जन्मशताब्दी आरम्भ, अपराह्न प्रज्ञामा बैचारिक कार्यक्रम
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह शुरु गरिएको छ । नेकपा नेकपा...
विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोप्रति राष्ट्रपति पौडेल चिन्तित
राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ सक्ने बित्तिकै विद्यार्थीहरु विदेशिने प्रवृत्ति बढेकोभन्दै चिन्ता व्यक्त गरेका छन्...
- दुई झगडिया नेताले अघि बढाए मित्रताको हात
- भक्तपुरमा दशैँ मनाउन नयाँ साईत
- सांसद दुर्लभ थापाले दिए बाढी पहिरो पिडितलाई राहत सामाग्री
- सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने
- माओवादी केन्द्रका प्रदेश अध्यक्ष पौडेलमै अल्झिए प्रधानमन्त्री ओली
- बाढी पहिरोका घाइतेलाई जुम्लाको स्याउ बितरण
- सहि कर्मले मात्र सहि ठाँउमा पुर्याउँछ : सांसद थापा
- भक्तपुरमा प्रचण्डले भने, “सरकारले पूर्वतयारी नगर्दा ठूलो क्षति भयो”
- स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव आवश्यक : मन्त्री थापा
- सर्वोत्कृष्टतामा भक्तपुर अस्पतालको ह्याट्रिक