News Portal

  • न्याय सम्पादनमा उत्कृष्ट सावित भएका भक्तपुरका मुख्य न्यायाधीश बास्तोला सम्मानित

    केतिक्षा बस्नेत भक्तपुर, ५ भदौ २०८०
    ७१६ पटक
    gopal bastolaभक्तपुर, ५ भदौ २०८०

    भक्तपुर जिल्ला अदालतका मुख्य  न्यायाधीश गोपालप्रसाद बास्तोला उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । न्याय सम्पादनमा बागमती प्रदेश भित्र उत्कृष्ट भएपछि उनी सम्मानित भएका हुन् ।

    नेपाल बार एशोसियशन भक्तपुर जिल्ला अदालत इकाइले उनलाई सोमबार एक कार्यक्रम गरी सम्मान गरेको हो । उच्च अदालत पाटनले मुद्दा फैसलाका आधारमा गरेको मूल्यांकनमा भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिश बास्तोला उत्कृष्ठ ठहर भएकाले सम्मान कार्यक्रम गरी सम्मान पत्र प्रदान गरिएको बारका जिल्ला अध्यक्ष रविन्द्र प्रधानले प्रष्ट पारेका छन् । सम्मान कार्यक्रममा नेपाल बार एशोसियशनका केन्द्रीय अध्यक्ष गोपाल कृष्ण घिमिरेले मुख्य न्यायाधिश बास्तोलालाई बार एशोसियशनको तर्फबाट सम्मान पत्र प्रदान गरेका थिए ।

    उक्त अवसरमा अध्यक्ष घिमिरेले देशैभरका अदालतमा बास्तोला जस्ता योग्य न्यायाधिश हुनुपर्ने आवश्यकता औल्याए । ढिलो न्याय दिनु अन्याय गर्नु बराबर भएको भन्दै उनले छिटोछरितो न्यायसम्पादन गर्न न्यायाधिशहरुले बास्तोलाबाट सिक्नुपर्ने बताए ।

    गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला अदालत भक्तपुरका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोलाले ७ सय एकाउन्न मुद्दाको फैसला गरेका छन् । यो देशैभरका न्यायाधिशले एक वर्षमा गरेका फैसलाको दोश्रो ठुलो संख्या हो । आर्थिक वर्ष २०७८/७९ मा न्यायाधीश बास्तोलाले दशैभरका न्यायाधिश मध्ये सबैभन्दा धेरै मुद्दा फैसला गरेकाले सम्मानित भएका थिए । यस वर्ष निर्वाचनको जिम्मेवारी, बढुवा रोकिदाको तनावका बाबजुद उनले गरेको फैसलाले देशैभर दोश्रो हुन पुगे । हालसम्म जिल्ला न्यायाधिशले गरेको फैसला हेर्दा भने उनी पहिलो नै छन् । उनले १० हजार बढी मुद्दा फैसला गरेको रेकर्ड अरु जिल्ला न्यायाधिशले तोड्न सकेका छैनन् ।

    gopal bastola

    gopal bastola

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...