News Portal

  • यान्त्रिकताले संगठन बन्दैन, मतदाता नहुनेलाई नेता नबनाऔं : उपमहासचिव शर्मा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ भदौ २०८०
    ३३६ पटक
    भक्तपुर, ५ भदौ २०८०

    नेकपा(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव एवं बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले यान्त्रिकताले पार्टी संगठन नबन्ने बताएका छन् । उपत्यकामा कमजोर पार्टी संगठनलाई बलियो बनाउने हो भने यान्त्रिकता त्यागेर अघि बढ्नुपर्ने उनले बताएका हुन् ।

    मंगलवार पार्टीको भक्तपुर जिल्ला समन्वय समितिको बैठकलाई थिमिमा सम्बोधन गर्दै उनले पुरानै शैलीमा संगठन गर्न खोज्दा भक्तपुरको पार्टी संगठन बन्न नसकेको बताउदै संगठन निर्माणमा व्यवहारिक शैली अपनाउनुपर्ने आवश्यकता औल्याए । जनताले पार्टी मन पराउने तर पार्टीका नेता र कार्यकर्ता देख्दा डराउने वा, धकाउने स्थिति अन्त्य गर्नपर्ने बताउँदै इन्चार्ज प्रभाकरले जनताको सुखदु:खमा सहभागी भएर जनताको मन जित्नपर्नेमा जोड दिए ।

    समाजको इतिहास, धार्मिक/सास्कृतिक परम्परा, रितिरिवाज र रहनसहन अनुकूल भएर संगठन निर्माण गर्नुपर्ने उनको भनाइ छ । ”हेरेर वा भनेर होइन, अँगालो हालेर आफ्नोपनको आभाष दिनुस्, संगठन आफैं बन्छ ।” उनले भने । माओवादी केन्द्रका अधिकांश शहरी क्षेत्रका नेता स्थानीय नभएको र निर्वाचनका बेला आफ्नै क्षेत्र जाने भएकाले स्थानीयले नपत्याएको उनले टिप्पणी गरे । वडा देखि जिल्ला सम्मै प्रमुख पदमा बस्नेले अनिवार्य बसाइसराइ गरी स्थानीयसँग घुलमिल हुनुपर्ने उनको  सुझाव छ । ‘अब मतदाता नहुनेलाई मुख्य पदमा नेता नबनाऔं ।’ उनले भने ।

    भक्तपुरको इतिहास संग जोडिएका शंखधर शाख्वा:लाई आफ्नो पार्टीको सरकार हुँदा प्रधानमन्त्री प्रचण्डको पहलमा राष्ट्रिय विभूति घोषणा गरिएको भएपनि स्थानीय पार्टीले त्यसलाई जनता सामू स्थापित गर्न नसकेको उनले गुनासो गरे । स्थानीय जनताको भावनाको कदर गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका कामको बारेमा समेत बताउन नसकेपछि कसरी पार्टी बन्छ ? उनले प्रश्न गरे ।

    आफ्नो पार्टीले देशमा परिवर्तनको नेतृत्व गरेको र वर्तमानमा पनि पार्टी नेतृत्वको सरकारले सुशासनको लागि नमूना काम गरिरहेको उल्लेख गर्दै माओवादी केन्द्रलाई जनताले मन नापाराउने कुरै नहुने उनले जिकिर गरेका छन् । जनताको घर घरमा गएर पार्टी बारेको भ्रम चिरेर संगठन निर्माण गर्न उनले निर्देशन नै दिएका छन्  । ‘राजनीतिक भाषणबाजी नभई जानाताले बुझ्ने भाषामा हामीले गरेका कामले उहाँहरुको जीवनमा ल्याएको सकारात्मक परिवर्तनबारे प्रष्ट पार्नुस ।’ उनले भने ।

    उपमहासचिव शर्माले पार्टीका नेताकार्यकर्ता  उत्पादनसंग जोडिनुपर्ने आवश्यकता औल्याउँदै नेताकार्यकर्ताको जीवनशैली देखेर जनतामा आशा र भरोषा जाग्नुपर्नेमा जोड दिए । सामाजिक सास्कृतिक रुपान्तरणको नेतृत्व पार्टीले गर्ने उद्घोष गर्दै उनले विभेदपूर्ण जीवनयापन गर्ने नेताकार्यकर्ता पार्टीमा रहिरहन नसक्ने दावी समेत गरे ।

    पार्टीका नेताकार्यकर्ता पार्टी संगठन भन्दा पनि नेतामुखी हुँदा संगठन ध्वस्त भएको उनको बुझाइ छ । पार्टीमा निर्वाचनबाट जनवाद अभ्यास गरिने खुलासा गर्दै बागमती प्रदेश इन्चार्ज शर्माले कार्यकर्ताबाट चुनिएर मात्र नेता बन्न सक्ने सांगठनिक व्यवस्था गरिने बताए ।

    उक्त अवसरमा पार्टीका चारवटै नगर र जनवर्गीय संगठनको तर्फबाट संगठनिक अवस्थाबारे रिपोर्टिंग गरिएको र प्रदेश इन्चार्ज प्रभाकर, प्रदेश अध्यक्ष सरल सहयात्री त्यसैगरी पार्टीको विशेष अभियान अन्तर्गत भक्तपुर कार्यक्षेत्र परेका केन्द्रीय नेताहरुले अभियानको महत्व र कार्यभार बारे मार्गनिर्देश गरेका नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक सुनिल बासुले बताए । उक्त अवसरमा जिल्लाका केन्द्रीय नेताहरु दिलिप प्रजापति, देवेन्द्र श्रेष्ठ, डिपी ढकाल, प्रतिमा श्रेष्ठ, इन्दिरा अधिकारी र उमा कपालीको समेत आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...