News Portal

  • सल्लाघारीमा आरजी इन्टर स्कूल फुटसल प्रतियोगिता शुरु

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ भदौ २०८०
    २९२ पटक
    भक्तपुर, ६ भदौ २०८०

    सल्लाघारीमा आरजी इन्टर स्कूल फुटसल प्रतियोगिता शुरु भएको छ । बुधवारबाट प्रतियोगिता शुरु भएको हो ।

    लर्निङ जोन एकेडेमीले प्रतियोगिताको पहिलो दिन नै दोहोरो जित हात पारेको छ । प्रतियोगिताको समूह बी मा रहेको लर्निङ जोनले मोर्डन बोर्डिङ स्कूललाई ३-१ ले र काठमाडौं गुरुकुललाई ६-० ले पराजित गरेको हो । दुई जितपछि ६ अंक जोडेर लर्निङ जोन एकेडेमी शीर्ष स्थानमा छ ।

    यस्तै पहिलो दिनकै अन्य खेलमा समूह बी मा प्यारागन पब्लिक स्कुल र काठमाडौं गुरुकुलुले एक एक खेल जितेका छन् । प्यारागनले युनाइटेड युनिभर्सल स्कुललाई १-० ले हराउँदा काठमाडौं गुरुकुलले मोर्डनलाई ४-२ ले हरायो । काठमाडौं गुरुकुलले ३ खेलमा एक खेल जित्दा प्यारागनले २ खेलमा १ खेल जितेको हो । मोर्डन बोर्डिङ स्कुलले भने तीनवटै खेलमा हार बेहोर्न बाध्य बन्यो ।

    अपराजित लर्निङ जोन ६ अंकसहित शीर्ष स्थानमा रहँदा प्यारागन र काठमाडौं गुरुकुलको समान ४ अंक छ । यस्तै समूह ए अन्तर्गत पहिलो दिन ग्लोबल पब्लिक स्कूल, काव्य स्कूल , अक्षरा स्कूल र रातो बंगला स्कूलले समान एक खेल जितेका छन् । ग्लोबल पब्लिक स्कूलले सूर्य विनायकलाई १-० ले पराजित गर्यो । अर्को खेलमा भने ग्लोबल पब्लिक स्कूल अक्षरा स्कुलसँग २-१ ले पराजित भयो । यस्तै ग्लोबल र काव्यबीचको खेल गोलरहित बराबरीमा सकियो ।

    यसैगरी काव्य स्कूलले सूर्य विनायकलाई २-१ ले हरायो भने काव्य स्कुल रातो बंगला स्कूलसँग २-० ले पराजित भएको छ । पहिलो दिन अपराजित रहेका अक्षरा र रातो बंगलाले भने गोलरहित बराबरी खेले । सूर्य विनायक भने दुवै खेलमा पराजित भयो । अपराजित अक्षरा र रातो बंगलासँगै काव्य र ग्लोबल पब्लिक स्कूलको समान ४ अंक रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...