News Portal

  • शैक्षिक प्रमाणपत्रमा फरक नाम, थर, उमेर सच्याउन सरकारको नयाँ नियम, लाखौँ विद्यार्थीलाई राहत

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,७ भदौ २०८०
    १५५० पटक
    भक्तपुर,७ भदौ २०८०

    गृह मन्त्रालयले प्रस्ताव गरेको विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति सच्याउने सम्बन्धी नियमावली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । योसंगै नागरिकता र शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति फरक परि समस्यामा रहेका लाखौँ विद्यार्थीले राहत पाएका छन् ।

    पूर्व विद्यार्थी नेता समेत रहेका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमले शैक्षिक योग्यताको प्रमाणपत्रमा नाम, थर, जन्ममिति नमिलेर हैरान भएका विद्यार्थीको समस्या समाधान गर्नेगरी नियम संशोधन गरिएको बताए । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ मा तेस्रो संशोधन गरी सरकारले लाखौँ विद्यार्थीलाई राहत पुग्नेगरी नियम परिमार्जन गरेको गौतमले जानकारी गराए ।

    ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार शैक्षिक प्रमाण पत्र पाएको ६ महिनाभित्र निवेदन दिएर मात्रै फरक परेको नाम, थर जन्ममिति सच्याउन सकिने व्यवस्था छ । त्यसैगरी नागरिकताको प्रमाण पत्र लिईसकेको भए नागरिकता प्रमाणपत्रमा उमेर, नाम र जात संशोधन गर्न सीडीओले संशोधन गर्नुको आधारहरू समेत उल्लेख गरेर संशोधन भएको ठहर्ने गरी निर्णय गरेको भन्ने फैसला पर्चा खडा गरी नियमावली अनुसार परीक्षा नियन्त्रण कार्यालयलाई सच्याउनको लागि यी सबै प्रमाणहरू जुटाएर एसईईको प्रमाण पत्र पाएको ६ महिना भित्रै बोर्डमा सिफारिस सहित पठाउनु पर्ने हुन्छ ।

    सरकारको पछिल्लो संधोधनले भने प्रमाण पत्र पाएको छ महिना भित्र सच्याइसक्नुपर्ने समयावधीलाई बढाएर पाँच वर्ष पुर्याएको छ । अब विद्यार्थीले पाँच वर्ष सम्म प्रमाणपत्र सच्याउन निवेदन दिने समय पाएका छन् ।

    त्यतिमात्र होइन, संशोधन हुनु अघि नै शैक्षिक प्रमाण पत्र लिएका विद्यार्थीले समेत संशोधित नियम लागू भएको १ वर्ष भित्र निवेदन दिएर आफ्नो फरक परेको नाम,थर र जन्ममिति सच्याउन सक्ने व्यवस्था गरिएको पूर्व विद्यार्थी नेता एवं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमले जनाएका छन् ।

    उमेर, नाम, जात सच्याउने नियमहरूमा सरकारले गरेको संशोधन लाखौँ विद्यार्थीको पक्षमा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् । विद्यार्थीहरु शैक्षिक प्रमाण पत्रको नाम, थर र उमेर सच्याउन बोर्डमा धाउने र कानुनी जटिलताका कारण फ़र्काउनुपर्दा दुखी हुने गरेका स्मरण गर्दै अध्यक्ष शर्माले त्यस्ता विद्यार्थीको पक्षमा सरकारले न्याय गरेको प्रतिक्रिया दिएका छन् ।

    अध्यक्ष शर्माले अहिलेसम्म नाम, थर र उमेर नमिलेर समस्यामा परेका सबै विद्यार्थीलाई समेत १ वर्ष भित्र सच्याउन निवेदन दिने मौका दिनु खुशीको कुरा भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...