News Portal

  • भक्तपुरमा नेपाल–पाकिस्तान मैत्री महोत्सव, ७ सय बढी सहभागी

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ९ भदौ २०८०
    २८२ पटक
    भक्तपुर, ९ भदौ २०८०

    भक्तपुरको मध्यपुर थिमिमा नेपाल–पाकिस्तान मैत्री महोत्सव सम्पन्न भएको छ । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसर पारेर गरिएको ३ दिने महोत्सव शनिवार यचु पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

    सेन्टर फर एशियन स्टडिज भक्तपुरको आयोजना र महाकाली डान्स काउन्सिलको संयोजन रहेको महोत्सवमा पाकिस्तानी दूतावासको सहकार्यमा रहेको थियो । ३ दिन चलेको कार्यक्रममा बिभिन्न ३० विद्यालयका ७ सय भन्दा बढी विद्यार्थी सहभागी रहेका आयोजकको जिकिर छ । उक्त अवसरमा विद्यार्थीहरुबीच सांस्कृतिक नाँच, निबन्ध लेखन, हस्तलेखन, चित्रकला लगायतका प्रतियोगिता आयोजना गरिएको थियो । शनिवार प्रतियोगिताको फाइनलबाट उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ ।

    नेपाल स्थित पाकिस्तान दुतावासका अधिकारी उमैर अलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उनले पुरस्कार विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल पाकिस्तामं मित्रता सदैव सुमधुर रहने बिश्वास व्यक्त गर्दै आपसी सहयोग र सहकार्य बढाउदै लाने बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...