News Portal

  • बालसुधार गृहका मृतक बस्नेतको परिवारसंग सहमति : छानविन समितिको म्याद समेत थपियो

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० भदौ २०८०
    ३३५ पटक
    भक्तपुर, १० भदौ २०८०

    सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको मृत्युपछि शव बुझ्न इन्कार गरिरहेको मृतक परिवार सहमतिमा आएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको सक्रियतामा मृतक परिवारले शवको पोष्टमार्टम गर्न सहमति जनाएको हो ।

    बस्नेतको गत आइतवार मृत्यु भएपनि परिवारले पोष्टमार्टम गर्न नमानेपछि धेरै पटक सहमतिको प्रयास भएको थियो । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई शवको पोष्टमार्टम गर्न र घटनाको सत्यतथ्य छानविन गर्न निर्देशन दिएपनि परिवारले क्षतिपूर्तीको माग गर्दै अवरोध गरेका कारण पोष्टमार्टम हुन नसक्दा छानविन प्रभावित बन्न पुगेको थियो । मृतक बस्नेतको शव एक सातादेखि केएमसी अस्पातालमा राखिएको छ ।

    घटनाको एक सातापछि मृतक परिवारले शवको पोष्टमार्टममा सहयोग गर्न सहमत भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जनाएका छन् । आइतवार मृतक परिवार, बालसुधार गृह प्रशासन र जिल्ला सुरक्षा समितिबीचको वार्ता सहमतिमा टुंगिएको उनले पुष्टि गरेका हुन् ।

    बालसुधार गृहमा रहेका कमल बस्नेतको मृत्यु भएकै दिन सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा छानविन समिति बनेर काम गरिरहेको छ । मृतक परिवारसंगको सहमति संगै पुन: थप छानविनका लागि समितिलाई १ साता थप्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् । मृतक परिवारले राखेको घटनाको निष्पक्ष छानविन र दोषी देखिए कारवाही गर्ने कुरामा समितिले सत्यतथ्य बाहिर ल्याउने बिश्वास व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले क्षतीपूर्तीको विषय भने सरकारलाई क्षतीपूर्ती दिनका लागि अनुरोध गर्नेगरी सहमति भएको बताएका छन् ।

    गत आइतवार बस्नेतको मृत्युपछि बालसुधार गृह तनावपूर्ण बनेको थियो । सोही विषयलाई लिएर सोमबार बालसुधार गृहभित्र रहेका पुरुष थुनुवा २ सय पचास जनाले नाराबाजी गर्दै एकसाथ सुधार गृह ब्रेक गरी बिद्रोह गरेका थिए । एकसाथ बाहिर निस्किएका उनीहरु उपत्यकाको सुरक्षा व्यवस्थालाई नै चुनौती दिंदै काठमाडौ र ललितपुरसम्म पुगे । उनीहरुलाई पुन: फर्काउन प्रशासन सफल भएपनि यो विषयले राष्ट्रिय चर्चा पाएको थियो । त्यतिमात्र होइन, यसले प्रतिनिधि सभामा समेत ठाउँ पायो । घटनाको सत्यतथ्य बाहिर ल्याउन र मृतकको परिवारलाई क्षतीपूर्ती दिन भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले सरकारको ध्यानाकर्षण नै गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...