News Portal

  • भक्तपुर निवासी घिमिरेको सचिवमा पदोन्नती

    बाबुराम दाहालभक्तपुर, १२ भदौ २०८०
    २१३४ पटक
    dinesh kumar ghimireभक्तपुर, १२ भदौ २०८०

    सरकारले सहसचिव दिनेश कुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई निजामति सेवाको बिशिष्ठ श्रेणी सचिव पदमा पदोन्नती गर्ने निर्णय गरेको हो ।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिवहरु दिनेश कुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेलको नाम सोमबार सिफारिस गरेको थियो । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो बरियतामा रहेका घिमिरेलाई सचिव पदमा पदोन्नती गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी गराएका छन् ।

    घिमिरे चीनको सिचुवान प्रान्तस्थित व्यापारिक शहर छेन्दुका लागि नेपाली महावाणिज्य दूतका रुपमा कार्यरत रहेका छन् । त्यस अघि उनी लामो समय देखि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत रहेका थिए ।

    झापा स्थायी घर भएका घिमिरे सूर्यविनायक नगरपालिका-५ कटुन्जेकाे मनाेरम बस्ती निवासी हुन् । उनी लो प्रोफ़ाइलमा रहेर हाइ रिजल्ट दिन रुचाउने प्रशासक हुन् । निर्वाचनका बेला निर्वाचन आयोगमा रहेर काम गरेका उनीसंग उद्योग मन्त्रालयमा समेत काम गरेको अनुभव छ । सहसचिव हुँदा उनले गृह मन्त्रालय अन्तर्गत रही सर्लाही, स्याङ्जा लगायत जिल्लामा सिडिओ भएर पनि आफ्नो प्रशासनिक योग्यताको परिचय दिईसकेका छन् ।

    भक्तपुरको कटुन्जे मनाेरम बस्ती निवासी घिमिरे शान्त स्वभाव र मिलनसार व्यवहारका कारण स्थानीय समुदायमा प्रिय छन् । भक्तपुरको स्थानीय विकास निर्माण र समस्या समाधानमा समेत चासो राख्ने घिमिरे निजामती सेवाको सचिव पदमा पदोन्नती हुँदा स्थानीयले खुशी व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...