News Portal

  • सुन तस्करीमा संलग्नताको आरोप लागेका नेता महरा पक्राउ

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ भदौ २०८०
    ४०५ पटक
    भक्तपुर, १३ भदौ २०८०

    सुन तस्करीमा संलग्नताको आरोपमा वाइसिएलका नेता राहुल महरा पक्राउ परेका छन् । उनी पूर्व उपप्रधान मन्त्री एवं पूर्वसभामुखका साथै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् ।

    राहुल महरालाई पक्राउ गरी प्रहरीले ५ दिन हिरासतमा राख्ने  अनुमति समेत लिएको छ । संगठित अपराधमा अनुसन्धानका लागि प्रहरीले १० दिन समय मागेको भएपनि जिल्ला अदालत काठमाडौले अनुसन्धानका लागि ५ दिनको समय दिएको हो ।

    विद्युतिय चुरोट (भेप) मार्फत भएको करिव ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले माओवादी उपाध्यक्ष एव पूर्व गृह मन्त्री कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...