News Portal

  • भक्तपुरमा पेस्तोलसहित एकजना पक्राउ, अर्को फरार

    राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, १४ भदौ २०८०
    ९०३ पटक
    भक्तपुर, १४ भदौ २०८०

    भक्तपुर प्रहरीले पेस्तोलसहित गएराति लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थितकखरा स्कुल नजिकैबाट उनलाई पक्राउ गरिएको हो ।                                                            पक्राउ पर्नेमा उदयपुर बलैया नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने  वर्ष ४० को जंगे माझी रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले बताए । प्रहरी प्रभाग बालकोटबाट  खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रम्मा शंकास्पद गतिविधि गरेको फेला पारी सोधपुछ तथा शरिर चेकजाँच गर्दा माझीको साथबाट २ थान कटुवा पेस्तोल, यसैको गोली १ राउण्ड सहित नियन्त्रणमा लिइएको डिएसपी पाठकले जानकारी गराएका छन् । माझी बा. ४३ प. ९००० नं. को निलो  कलरको डियो स्कुटीमा सवार थिए । निज जंगे माझीसंगै रहेका यकिन ठेगाना नखुलेको अन्दाजी २८/३० बर्षको अश्‍विन दाहाल चेकजाँचकै क्रममा फरार भएको हुँदा हाल खोजतलास कार्य भईरहेको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट निजहरुले लुटपाटको योजना बनाई रहेको भन्ने बुझिएको छ र सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...