भक्तपुर प्रहरीले पेस्तोलसहित गएराति लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली स्थितकखरा स्कुल नजिकैबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उदयपुर बलैया नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने वर्ष ४० को जंगे माझी रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले बताए । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रम्मा शंकास्पद गतिविधि गरेको फेला पारी सोधपुछ तथा शरिर चेकजाँच गर्दा माझीको साथबाट २ थान कटुवा पेस्तोल, यसैको गोली १ राउण्ड सहित नियन्त्रणमा लिइएको डिएसपी पाठकले जानकारी गराएका छन् । माझी बा. ४३ प. ९००० नं. को निलो कलरको डियो स्कुटीमा सवार थिए । निज जंगे माझीसंगै रहेका यकिन ठेगाना नखुलेको अन्दाजी २८/३० बर्षको अश्विन दाहाल चेकजाँचकै क्रममा फरार भएको हुँदा हाल खोजतलास कार्य भईरहेको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट निजहरुले लुटपाटको योजना बनाई रहेको भन्ने बुझिएको छ र सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको बताइएको छ ।
भक्तपुरमा पेस्तोलसहित एकजना पक्राउ, अर्को फरार
राजेशमान मानन्धर / भक्तपुरपोस्ट भक्तपुर, १४ भदौ २०८०
भक्तपुर, १४ भदौ २०८०शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...
दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना
काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...
सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी
“मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...
वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता
भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...
शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन
२०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...
- भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान
- भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम
- भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह
- रविप्रति नरम अभियन्ता पाठक सरकारप्रति गरम, देश अल्बानिया बनाउन लागेको आरोप
- एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित
- मध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग
- लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा अर्का मेडिकल संचालक समातिए
- शनिवार एमालेको सूर्यविनायक नगर अधिवेशन, नेतृत्व चयन हुने
- नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव
- पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा