News Portal

  • कमलविनायक लान्चाफल्चा स्थित एटीएम बाट पैसा चोरी गर्नखोज्ने मानिस पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १४ भदौ २०८०
    १२५४ पटक
    jagati police rangeभक्तपुर, १४ भदौ २०८०

    भक्तपुर नगरपालिका- १० कमलबिनायकको लान्चाफल्चा नजिक रहेको नबिल बैंकको एटीएम बाट पैसा चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्दै गरेको अबस्थामा प्रहरीले गएराति एकजनालाई पक्राउ गरेको हो ।                                                                                                                              पक्राउ पर्नेमा दाङ बबई गाँउपालिका वडा नं. २ बस्ने बर्ष २४ को पूर्णबहादुर खासु रहेका छन् । जगाती बृत्तबाट गस्तीमा रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा निजको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सोसमेत बरामद डिएसपी राजकुमार श्रेष्ठले पुष्टि  गरेका छन् । राति करिब पौने ३ बजे भक्तपुर चोरीको प्रयास गर्दै गर्दा उनीहरुलाई वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले प्रष्ट पारे ।  चोरीको आरोपमा पक्राउ परेका खासुलाई जगाती बृत्तमा राखिएको छ र सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ  ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...