भक्तपुर नगरपालिका- १० कमलबिनायकको लान्चाफल्चा नजिक रहेको नबिल बैंकको एटीएम बाट पैसा चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्दै गरेको अबस्थामा प्रहरीले गएराति एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ बबई गाँउपालिका वडा नं. २ बस्ने बर्ष २४ को पूर्णबहादुर खासु रहेका छन् । जगाती बृत्तबाट गस्तीमा रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा निजको साथबाट १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सोसमेत बरामद डिएसपी राजकुमार श्रेष्ठले पुष्टि गरेका छन् । राति करिब पौने ३ बजे भक्तपुर चोरीको प्रयास गर्दै गर्दा उनीहरुलाई वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले प्रष्ट पारे । चोरीको आरोपमा पक्राउ परेका खासुलाई जगाती बृत्तमा राखिएको छ र सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।
कमलविनायक लान्चाफल्चा स्थित एटीएम बाट पैसा चोरी गर्नखोज्ने मानिस पक्राउ
भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १४ भदौ २०८०
भक्तपुर, १४ भदौ २०८०ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...
प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार
प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...
सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...
माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...
भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन
भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ...