News Portal

  • रेडक्रसको मध्यपुर थिमि उपशाखामा प्रशिक्षणात्मक अन्तरक्रिया

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १९ भदौ २०८०
    २०१ पटक
    भक्तपुर, १९ भदौ २०८०

    नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले ६१ औं नेपाल रेडक्रस दिवस मनाएको छ । रेडक्रस दिवसको अवसरमा  प्रशिक्षणात्मक अन्तरक्रिया सम्पन्न गरिएको  हो ।

    उक्त अवसरमा उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले रेडक्रसको स्थापना, रेडक्रसको महत्व, रेडक्रस सिद्धान्त र उपशाखाले गर्दै आइरहेको कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उपशाखाका संस्थापक सभापति दुर्गामोहन श्रेष्ठले “म सेवा गर्छु” वा“मनैदेखि सेवागर्छु” भन्ने भावनाले रेडक्रसमा लागेको बताउदै भक्तपुर जिल्लाकै पहिलो उपशाखाको रुपमा स्थापित मध्यपुर थिमि उपशाखाले निरन्तर जनसेवा पुर्याइरहेकोमा गर्व लागेको बताए । मध्यपुर थिमि उपशाखा उत्कृष्ट उपशाखा पुरस्कारद्वारा सम्मानित भएको स्मरण   गर्दै उनले समुदायमा शवबाहन सेवा संचालनलाई निरन्तरता दिइरहेकोमा सन्तोष व्यक्त गरे ।

    उपशाखाका उपसचिव सुशिला श्रेष्ठले स्वागत सहित संचालन गरेको कार्यक्रममा पूर्व सभापतिहरु, विद्यालयका युवा सर्कलका प्रतिनिधिहरु, आजीवन सदस्यहरु, उपसमिति का संयोजक एवं सदस्यहरु र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...