News Portal

  • मन्त्रालयले दरबन्दी काट्दा भक्तपुर आयुर्वेदको फिजियोथेरापी ठप्प : स्थानीयलाई असुविधा

    रचना बयलकोटीभक्तपुर, २१ भदौ २०८०
    ५४९ पटक
    भक्तपुर, २१ भदौ २०८०

    बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भैराखेको दरबन्दी काटिदिएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको फिजियोथेरापी सेवा अवरुद्ध भएको छ । चालु आर्थिक वर्षमा दरबन्दी नदिएपछि सेवा अवरुद्ध भएको हो ।

    बिहीवार आएकी एक सेवाग्राहीले केन्द्रबाट लिंदै आएको फिजियोथेरापी सेवा नपाएको गुनासो गरेपछि कार्यालय प्रमुखसंग सोबारे जिज्ञासा राख्दा यस वर्ष दरबन्दी कटौती भएकाले सेवा स्थगन गरिएको जानकारी गराए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख रहेका डा नरेन्द्र प्रसाद गिरीले जानकारी गराए अनुसार गत वर्ष फिजियोथेरापिष्टले कारारमा रही सेवा गरेका थिए । यो वर्ष उक्त दरबन्दी काटिएपछि सो सेवा सुचारु गर्न नसकिएको उनले बताए ।

    केन्द्रमा फिजियोथेरापि गर्न लाखौ खर्चिएर मेसिन खरिद गरिएको छ र फिजियोथेरापिष्टको तलब दिन बजेट पनि उपलब्ध रहेको बताइएको छ । तर, एकाएक मन्त्रालयले दरबन्दी काटिदिदा सो सुविधा लिइरहेका बिरामी मर्कामा परेका छन् ।

    पछिल्लो समयमा भक्तपुरमा आयुर्वेद उपचार प्रति बिरामीको आकर्षण बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्लास्थित आयुर्वेदिक स्वास्थ्य केन्द्र र औषधालयहरुबाट कुल १४ हजार १ सय ४० जनाले ओपिडि सेवा लिएका थिए । सो संख्या आर्थिक वर्ष २०७८/०७९ मा बढेर १९ हजार ८ सय ८० पुगेको छ । फिजियोथेरापी सेवा लिने बिरामी गत वर्ष १ हजारको हाराहारीमा रहेका थिए ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख रहेका डा नरेन्द्र प्रसाद गिरीले दरबन्दी माग गर्दै आफूहरु मन्त्रालय धाइरहेको दावी गर्दै सोसेवा सुचारु गर्न प्रयत्न गरिरहेको जिकिर गरेका छन । यस बारे भक्तपुरका नेता समेत रहेका बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल लाई समेत जानकारी गराएर दरबन्दीका लागि पहल गरिदिन आग्रह गरिएको डा गिरीले जानकारी गराए । स्थानीयले भने दरबन्दी नरहेको बहानामा सेवा अवरुद्ध गरिएको आशंका गरेका छन । मेसिन किन्ने तर सेवा रोक्ने काम राम्रो नभएको बिरामीको गुनासो छ ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा फिजियोथेरापी सेवा निशुल्क रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...