News Portal

  • ताथलीस्थित क्यान्सर सेन्टरका अध्यक्ष झा चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त

    भक्तपुर पोष्ट संवाददाता सानोठिमी, २१ भदौ २०८०
    २८५ पटक
    anjaniसानोठिमी, २१ भदौ २०८०

    भक्तपुरको चाँगु नारायण ९ ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा अन्जनीकुमार झा सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष नियुक्त भएका छन् । सरकारले डा झालाई सो पदमा नियुक्त गरेको हो ।

    मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आयोगको उपाध्यक्षमा डा अन्जनीकुमार झा लाई नियुक्त गर्ने निर्णय गरेको सहभागी एक मन्त्रीले बताएका छन् । निवर्तमान उपाध्यक्ष माओवादी केन्द्र निकट प्राडा श्रीकृष्ण गिरी दोहोरिने सम्भावनालाई अन्त्य गर्दै डा झा चिकित्सा क्षेत्रको महत्वपूर्ण आयोग चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त हुन सफल भएका हुन् । त्यतिमात्र होइन, उनले शिक्षा मन्त्रीको पार्टी निकट डा प्रविण मिश्र लाई पनि पछि पार्दै उपाध्यक्ष पद प्राप्त गर्न सफल भए ।

    डा झा नेपाली कांग्रेस निकट मानिन्छन् । उनी नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष पनि हुन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...