News Portal

  • भक्तपुर सिडिओ रिजालको सरुवा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २५ भदौ २०८०
    ११०९ पटक
    भक्तपुर, २५ भदौ २०८०

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो ।

    ७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् । भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न सक्षम उनको कार्यकालमा बिस्का: जात्रा कुनै मानवीय क्षती बिना शान्तिपूर्णरुपले सम्पन्न भएको थियो ।  सानोथिमीस्थित बालसुधार गृहमा रहेका बालबिज्याइकर्ताले भदौ ४ मा बिद्रोह गरि सुधार गृह ब्रेक गर्दा प्रजिअ रिजाल तनावमा परेका थिए । तर, उनको सबल नेतृत्वमा कुनै मानवीय क्षती बिना बिद्रोही २ सय २० बालबिज्याइकर्तालाई  सुधार गृहमा फर्काउन सफलता प्राप्त भएको थियो । सार्वजनिक प्रशासनलाई पारदर्शी र सेवाग्राही मैत्री बनाउन उनले जिल्लास्थित सरकारी कार्यालयमा प्रभावकारी पहल गरेका थिए भने नियमित  बजार अनुगमन र कालोबजारी नियन्त्रणलाई प्राथमिकता पूर्वक अघि बढाएका थिए ।

    गृह मन्त्रालयले रिजालको ठाउँमा सहसचिव रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...