भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ । सोमबार उनको गृह मन्त्रालयमा सरुवा भएको हो ।
७ महिना देखि भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका रिजाल शालीन प्रशासकको रुपमा चिनिएका छन् । भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न सक्षम उनको कार्यकालमा बिस्का: जात्रा कुनै मानवीय क्षती बिना शान्तिपूर्णरुपले सम्पन्न भएको थियो । सानोथिमीस्थित बालसुधार गृहमा रहेका बालबिज्याइकर्ताले भदौ ४ मा बिद्रोह गरि सुधार गृह ब्रेक गर्दा प्रजिअ रिजाल तनावमा परेका थिए । तर, उनको सबल नेतृत्वमा कुनै मानवीय क्षती बिना बिद्रोही २ सय २० बालबिज्याइकर्तालाई सुधार गृहमा फर्काउन सफलता प्राप्त भएको थियो । सार्वजनिक प्रशासनलाई पारदर्शी र सेवाग्राही मैत्री बनाउन उनले जिल्लास्थित सरकारी कार्यालयमा प्रभावकारी पहल गरेका थिए भने नियमित बजार अनुगमन र कालोबजारी नियन्त्रणलाई प्राथमिकता पूर्वक अघि बढाएका थिए ।
गृह मन्त्रालयले रिजालको ठाउँमा सहसचिव रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।