News Portal

  • कमल बुढाको नेतृत्वमा क्रान्तिकारी प्रेस संगठन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ८ असोज २०८०
    २७४ पटक
    भक्तपुर, ८ असोज २०८०

    पत्रकार कमल बुढाको नेतृत्वमा ‘क्रान्तिकारी प्रेस संगठन’ गठन  गरिएको छ । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनबीच एकता भइ बुढाको नेतृत्वमा ‘क्रान्तिकारी प्रेस संगठन’ गठन भएको हो ।

    एकता भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६५ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्माण गरेको एक सहभागीले जानकारी गराएका हुन । नवनिर्वाचित कमिटीको पहिलो बैठक बाट संगठन र संघर्ष सम्बन्धी निर्णय लिइने संगठनका संयोजक कमल बुढाले बताएका छन् ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पत्रकार बुढालाई नेतृत्वको जिम्मेवारी दिएको हो ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...