News Portal

  • जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख कार्की शाखा अधिकृतमा सिफारिस

    बाबुराम दाहालभक्तपुर, ९ असोज २०८०
    २०७७ पटक
    lok bahadur karki judda barun yantra bhaktapurभक्तपुर, ९ असोज २०८०

    भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख लोकबहादुर कार्की शाखा अधिकृतमा सिफारिस भएका छन् । राजपत्रांकित तृतीय श्रेणीको शाखा अधिकृत पदका लागि लोक सेवा आयोगले लिएको सबै परीक्षा उतीर्ण गरेपछि उनी सिफारिस भएका हुन् ।

    लोकसेवा आयोगले शाखा अधिकृतको अन्तिम नामावली सोमबार सार्वजनिक गरेको हो । खुला प्रतियोगिताको लिखित परीक्षा उतीर्ण गरी अन्तर्वार्ताका लागि छानिएका १ सय ६२ उम्मेदवार मध्ये आवश्यक १ सय ९ का लागि कार्की ७१ नम्बरमा सिफारिस हुन सफल भएका छन् ।

    सिन्धुलीको दुधौली घर भएका कार्की त्रिवि किर्तिपुरबाट स्नातकोत्तर उतीर्ण भए संगै बि.सं. २०७४ सालमा खुला प्रतियोगितामा सफल भइ खरिदारबाट निजामती सेवामा प्रवेश गरेका थिए । २०७९ मा खुला प्रतियोगिताबाट नायब सुब्बा बन्न सफल भएपछि गत माघ बाट उनी जुद्ध बारुण यन्त्र कार्यालयमा कार्यालय प्रमुखको जिम्मेवारीमा छन् । आइतवार शाखा अधिकृतमा सिफारिस भएसंगै उनी लोक सेवा आयोगले लिएका खुला प्रतियोगितामा सफलताको ह्याट्रिक गर्न सफल भए ।

    विद्यार्थी राजनीतिबाट आजित भएर निजामती सेवामा प्रवेश गरेका कार्कीले परीक्षामा असफलता व्यहोर्नु परेको छैन । बढुवाको प्रतिक्षा नगरी खुला प्रतियोगिताबाट उनी तीनै पद प्राप्त गर्न सफल भएका छन् । तीब्र इच्छाशक्ति, लगाव र मेहनेत भए लोकसेवाका परीक्षा सजिलै उत्तीर्ण गर्न सकिने कार्कीको अनुभव छ ।

    तीक्ष्ण बुद्धि, पेशागत ज्ञान र कार्यगत क्षमता भएका कार्यालय प्रमुख कार्कीले भक्तपुरको जुद्ध बारुणयन्त्र कार्यालयमा पनि आफ्नो बौद्धिकता र पेशागत दक्षताको भरपुर प्रयोग गरेका छन् । भक्तपुरका स्थानीय सरकारसंग समन्वय गरी दमकल संचालन र मर्मतसम्भार लगायतका कार्य गर्न उनी सफल रहेका छन् भने अन्य कार्यालय प्रमुखका तुलनामा संघीय सरकारबाट समेत बजेट ल्याउन उनी सक्षम भएका कर्मचारीहरु बताउँछन् ।

    जस्तो फूल त्यस्तै बास्ना भने झैँ कार्कीको कार्यकालमा कार्यालयमा अनुशासनको उत्कृष्ट नमूना रहेको कर्मचारीहरुको अनुभव छ । २ दर्जन अग्नि नियन्त्रक ब्यारेकमै रहने यस कार्यालय परिसरमा मादक पदार्थ सेवन र धुम्रपान उनले पूर्ण बन्देज गराएका छन् । चालकले मादक पदार्थ सेवन गरी दमकल नै दुर्घटना गराएपछि उनले सेवाबाटै हटाइदिएर अरुलाई त्यस्तो गल्ति गर्नु नहुने पाठ पठाएका छन् भने प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा मापसे चेकको छड्के गरी कारवाही गर्ने गरेका कारण कार्यालयमा मापसे बन्द भएको कर्मचारीहरु बताउँछन् ।

    दमकल चलाउनुपर्ने इन्धन असम्बन्धित ब्यतिलाई जथाभावी बाड्ने र ब्यारेकमा आउने रासन असम्बन्धित व्यक्ति बोलाई भोज लाउने बिकृती कार्कीको पालामा रोकिएकोमा कार्यालयका कर्मचारी सन्तुष्ट रहेका छन् । कर्मचारीका सेवा सुविधाका लागि समेत समन्वय गर्ने र सबैसंग मित्रवत व्यवहार गर्ने मिजासिलो स्वभाव भएका कारण पनि कर्मचारीलाई उनले सन्तुष्ट राख्न सकेका बताइन्छ ।

    कार्यालय प्रमुख कार्कीको सक्रियतामा दुधपाटीस्थित जुद्ध बारुण यन्त्र परिसरको बाटो खोल्ने वर्षौदेखिको प्रयास सफल भएको छ । उनले स्थानीय जनता र जनप्रतिनिधिको आग्रह अनुसार आवश्यक समन्वय गरी बाटो खोल्ने काम सम्पन्न भएपछि बारुण यन्त्र कार्यालय पछाडिका दर्जनौं  घरपरिवार लाभान्वित भएका छन् ।

    जुद्ध बारुणयन्त्र कार्यालयका प्रमुख लोकबहादुर कार्कीले कार्यालय भवन निर्माणको ठेक्का लिएको निर्माण कम्पनीलाई ताकेता गरी समयमै निर्माण सम्पन्न गराउन सफल भएको श्रेय पाएका छन् । त्यस्तै, उनले आफ्नो कार्यालयलाई आगलागी भएपछि आगो निभाउने काममा मात्र सीमित नराखी आगलागी हुन नदिने सचेतना बढाउने कामलाई समेत बढावा दिएका देखिन्छन ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...