News Portal

  • ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    भक्तपुरपोष्ट संवाददाताचाँगुनारायण, ११ असोज २०८०
    २५८ पटक
    चाँगुनारायण, ११ असोज २०८०

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको जानकारी गराएका छन् । २०८२ साल लाई नगरपालिकाले धार्मिक पर्यटक भित्राउने वर्षको रुपमा मनाउन लागेको उनले बताएका हुन् ।

    चाँगु नारायण ९ ताथली स्थित छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ संचालित १७ दिने श्रीमद भागवत विराट पितृ मुक्ति महायज्ञको बिहिवार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खत्रीले चाँगुनारायणको पहिचान वृद्धिमा समेत यसले योगदान गर्ने बिश्वास व्यक्त गरे । चाँगुनारायण नगरपालिका आफैमा धार्मिक स्थलले भरिपूर्ण स्थान हो ।” नगरप्रमुख खत्रीले भने “विगतदेखि बिभिन्न सास्कृतिकले भरिपूर्ण रहेको हाम्रो नगरको शिर उच्च बनाउनको लागी हाल सञ्चालन भएको महायज्ञले पुलको काम गरेको छ ।”

    छोरीको घर जेष्ठ नागरिक आश्रमका लागि नगरपालिकाको तर्फबाट पनि सहयोग गर्ने आश्वासन दिएका छन् । चागुनगरबासी मिलेर आयोजकको सपना साकार पार्ने उनले बताए ।

    ताथलीमा रहेको छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागी महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...