News Portal

  • सल्लाघारीस्थित बाबा बुक्सका संचालक दाहाललाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ असोज २०८०
    ६५४ पटक
    भक्तपुर, १३ असोज २०८०

    भक्तपुरको सूर्यविनायक-५ सल्लाघारीस्थित बाबा बुक्स एण्ड स्टेसनरीका संचालक कोमलप्रसाद दाहाललाई पितृशोक परेको छ । उनका बुवा भानुभक्त दाहालको ९२ वर्षको उमेरमा निधन भएको हो ।

    सिन्धुलीको तीनपाटन गाउँपालिका-२ शाखाजोर निवासी भानुभक्त माइलो छोरासंग चितवनमा बस्दै आएका थिए । चितवनस्थित निवासमा शनिवार बिहान भानुभक्तको निधन भएपछि उनको पार्थिव शरीरलाई देवघाटमा अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले जनाएको छ ।

    दिवङ्गत भानुभक्तका पुण्यप्रसाद, रोहित, कोमल र चुडामणि गरि ४ छोरा छन् भने गङ्गा, सरस्वती र कल्पना ३ छोरीहरु छन् । दिवङ्गत भानुभक्त नेपाल पत्रकार महासंघ भक्तपुरका सदस्य बाबुराम दाहालका हजुरबुवा एवम् महासंघका सचिव संजीप शुभचिन्तकका मावली हजुरबुवा समेत हुन् । भक्तपुरपोष्ट दिवङ्गत भानुभक्त दाहाल प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...