News Portal

  • शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १४ असोज २०८०
    ९२२ पटक
    prem suwalभक्तपुर, १४ असोज २०८०

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने र कक्षा १२ मा मात्र परीक्षा बोर्डले परीक्षा लिने व्यवस्थाको बिरोध गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले शिक्षकले राजनीति गर्न पाउनुपर्ने र कक्षा १० मा लिइने एसईई परीक्षा पनि हटाउनु नहुने स्पष्ट पारेका हुन् ।

    नेमकिपाका सचिव समेत रहेका सांसद सुवालले शिक्षकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न नहुनेमा जोड दिंदै देश र जनताको पक्षमा शिक्षकले राजनीति गर्न पाउनुपर्ने बताए । त्यस्तै, विद्यार्थीको शैक्षिक गुणस्तर खस्किन नदिन कक्षा १० मा पनि राष्ट्रिय रुपमा परीक्षा बोर्डले परीक्षा लिनुपर्ने उनको भनाइ छ ।

    शिक्षकले आफ्ना माग राख्दा प्रहरी दमन गरेकोप्रति उनले आपत्ति प्रकट गरे । शिक्षालाई बजबुद बनाउन शिक्षकलाई तलव र सुविधा बढाउनुपर्ने र विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई शिक्षण पेशामा आकर्षित गर्ने योजना बनाउनुपर्ने उनले बताए ।

    सांसद सुवालले जिल्ला शिक्षा कार्यालय ब्युताउने कुरा प्रतिगमन नै हुने जिकिर गर्दै त्यसप्रति असहमती प्रकट गरे । त्यसैगरी बिदेशी बोर्डका विद्यालय र कजेल संचालनको अनुमती दिन नहुनेमा उनको जोड रहेको छ ।

    शिक्षामा ब्यापार गर्न दिनु नहुने भन्दै सांसद सुवालले निजी विद्यालयलाई समय तोकिदिएर तत्पश्चात क्षतीपूर्ती दिएर सरकारीकरण गर्नुपर्ने सुझाव समेत दिएका छन् । शैक्षिक गुठीमा रहेका विद्यालयलाई भने वर्षेनी सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    उनले विद्यालय शिक्षालाई नि: शुल्क र अनिवार्य गर्दै शिक्षालाई प्रविधि र श्रमसंग जोड्नुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...