News Portal

  • घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १५ असोज २०८०
    ५८१९ पटक
    भक्तपुर, १५ असोज २०८०

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका मानिसको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । काभ्रे प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।

    आइतवार बिहान नग्न र घोप्टो परेको अवस्थामा फेला परेको शव सिन्धुलीको मरिण घर भै घिमिरे गाउँमा ज्यालामजदुरी गरी बस्ने पचपन्न वर्षीय दुधलाल थिङ्गको भएको भन्ने खुलेको काभ्रे प्रहरीका सूचना अधिकारी समेत रहेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।

    शवको प्रकृती हेर्दा कर्तब्य ज्यान भन्ने खुल्न आएपछि अनुसन्धानमा रहेको प्रहरीले घटनाको १२ घन्टामै हत्या अभियोगमा दुई जनालाई समात्न सफल भएको छ । एकान्त स्थल र सीसीक्यामेरा नभएको हुँदा सादा पोशाकमा रहेका प्रहरीले अनुसन्धान अघि बढाएका डिएसपी श्रेष्ठले जानकारी दिए । अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट प्रहरी निरीक्षक डा नारायण ज्ञवालीको नेतृत्वमा तालिमप्राप्त कुकुर सहितसहित अनुसन्धान अघि बढाइएको उनले बताए ।

    अनुसन्धानबाट हत्यामा संलग्न २ जनालाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले पुष्टि गरे । प्रकाउ पर्नेमा भक्तपुरको चाँगुनारायण ८ का २१ वर्षीय समिर राय र काभ्रेको बनेपा १ बस्ने २२ वर्षीय ईश्वर बिक रहेका छन् । उनीहरुले हत्यामा संलग्न हुँदा लगाएको कपडा लुकाएको समेत बरामद भएको प्रहरीको भनाइ छ । उनीहरुले हत्या गरेको स्वीकार गरेका डिएसपी श्रेष्ठले जानकारी दिएका छन ।

    अभियुक्तहरु मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा थिङ्गसंग भेट भएको र सामान्य भनाभन हुँदा कुटपिट गरी लडाई ढुंगाले पछाडि टाउकोमा हानी फरार भएको खुल्न आएको डिएसपी श्रेष्ठले जनाएका छन् । हत्याको कारणबारे थप अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...