News Portal

  • निकोसेरामा दुई सवारीसाधन ठोक्किदा मर्निङ वाक निस्किएका बरालको निधन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १८ असोज २०८०
    १०७६ पटक
    भक्तपुर, १८ असोज २०८०

    भक्तपुरको पुरानो बाटो स्थित मथ्यपुर थिमि-९ निकोसेरामा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे कार र मोटरसाइकल एक आपसमा थोक्किएपछि मर्निङ वाकमा निस्किएका एक मानिसको निधन भएको हो ।

    दुर्घटनामा ज्यान गुमाउनेमा जनकपुर धाम स्थायी ठेगाना भइ राधेराधे बस्ने ५८ वर्षीय योगराज बराल रहेका जिल्ला प्रहरी परिसरका डिएसपी वसन्त पाठकले बताएका छन् । बिहीबार बिहान करिब साढे ६ बजे दुर्घटनामा परेर गम्भीर घाइते भएका बराललाई उपचारका लागि भक्तपुर अस्पताल पुर्याइएको थियो । बिहान करिब ७ बजे नै अस्पतालले उनलाई मृत घोषित गरिदिएको हो ।

    मर्निङ वाक हिडेका बराललाई निकोसेरा आइपुग्दा थिमि बाट राधेराधे तर्फ आइरहेको बा५च २०४९ नम्बरको कारले ठक्कर दिएको थियो । बिपरित दिशाबाट आएको बागमती प्रदेश  ०२-४१प३३१९ नम्बरको मोटरसाइकल र उक्त कार एक आपसमा ठोक्किएपछि कारले पैदल हिडिरहेका बराललाई ठक्कर दिएको डिएसपी पाठकले जानकारी दिएका छन् ।

    मोटरसाइकल चालक चाँगुनारायण-२ दुवाकोटका मिलन कार्की र कार चालक मध्यपुर थिमि-६ का अनुज प्रजापतिलाई थिमि बृत्तको नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...