News Portal

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने पूर्व उद्योग मन्त्री महेश बस्नेतको माग

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १९ असोज २०८०
    ४२२ पटक
    भक्तपुर, १९ असोज २०८०

    पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने बताएका छन् । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका व्यवसायी प्रसाईले मारवाडी समुदायप्रति सद्भाव भड्काउने काम गरिरहेकाले उनलाई कारवाही गर्नुपर्ने एमाले नेता बस्नेतले बताएका हुन् ।

    दुर्गा प्रसाईले अराजक अभियानको नेतृत्व गरेर मारवाडी व्यवसायीलाई मानमर्दन गरेका र घृणाको कारोवार गरी सद्भाव भड्काउन खोजेका नेता बस्नेतको दावी छ । मारवाडीहरुले अर्थतन्त्र तहसनहस पारेको आरोप लगाई दशैँ लगत्तै १६ मारवाडीलाई देश बाट लखेट्ने प्रसाइको अभिव्यक्ति सद्भाव भड्काउने खालको भएकोले उनलाई कारवाही गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले माग गरेका छन् ।

    व्यवसायी दुर्गा प्रसाईले बर्माबाट भागेर नेपाल पसेका मारवाडीहरुको हातमा देशको अर्थतन्त्र पुगेको र उनीहरुले देशको अर्थतन्त्रलाई खोक्रो बनाएको आरोप लगाउदै दशैं लगत्तै केही मारवाडीलाई लखेट्ने अभियान संचालन गर्ने एक राष्ट्रिय टेलिभिजन अन्तर्वार्तामा सार्वजनिक गरेका छन् ।

    बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेपछि भागेर नेपाल आएका मारवाडी सोहनलाल गोल्यानसहितका १६ परिवारले देशको अर्थतन्त्रमा कब्जा जमाई तहसनहस पारेका प्रसाईको आरोप छ । प्रसाईका अनुसार बर्माबाट लेखेटिएपछि नेपाल पसेका मारवाडीहरुमा मोती दुगड, नन्दु मुन्दडा, राजु मुन्दडा, पवन सरिया, सोहनलाल गोल्यान, पवन गोल्यान र बासु गोल्यानहरु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...