News Portal

  • चाँगुनारायण नगरपालिकाको बजार अनुगमन, दुवाकोटका खाद्य एवं किराना स्टोर्सलाई कारवाही

    भक्तपुर पोष्ट संवाददाता चाँगुनारायण, २१ असोज २०८०
    ५८६ पटक
    चाँगुनारायण, २१ असोज २०८०

    चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले वडा नम्बर २ स्थित दुवाकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको छ । आइतवार उपभोक्ताको हित संरक्षण हेतु उक्त क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो ।

    बजार अनुगमनको संयोजक एवं नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सरोकारवालासहित अनुगमन गरिएको अधिकृत सुरज पौडेलले जनाएका छन् ।

    अनुगमनमा दुवाकोट खाद्य स्टोरमा टाइचीन चिउरामा उपभोग्य मिति लेवल नभएको हुनाले अनुचित व्यवसायीक जन्य क्रियाकलाप गरिको ठहर गर्दै पहिलो पटक सचेतनाका लागि उक्त खाद्य स्टोरलाई रु. पाँच हजार जरिवाना गरिएको छ ।

    पाथिभरा खाद्यले स्टोर म्याद नाघेको धारा तेल ४ पाकेट, बिगुल तेल ४ पाकेट, दिव्य ५ पाकेट, क्विक्स चिजवल ६० पाटेक, क्विक्स चिप्स ४० पाकेट र चोकके अन चकलेट ३ वट्टा जफत गरि नष्ट गरिएको छ । साथै, नगरपालिकामा दर्ता नभएकोले ७ दिन भित्र व्यवसाय दर्ता नविकरण गर्न दिर्नेशन दिइएको बताइएको छ ।

    बस्ताकोटी किराना स्टोरमा बिक्री गर्न राखेको भुजियामा उपभोग्य मिति नभएको र प्याकेजिङ्ग सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्री वितरण र म्याद नाघेको सामानहरू छुट्टै राख्न निर्देशन दिइएको र रु. २ हजार जरिवाना गरिएको छ ।

    त्यस्तै के. एम. सि. किराना पसलमा प्याद नाघेको ध्यू १ वट्टा र कुकिज १ पाकेट नष्ट गरिएको छ । व्यवसाय दर्ता गर्न ७ दिन भित्र नगरपालिकामा दर्ता गर्न निर्देशन दिइएको अधिकृत पौडेलले पुष्टि गरेका छन् ।

    डेलि ग्रोसरी प्रा.लि.मा खरिद बिल राख्न र बिक्री मूल्य सार्वजनिक गर्न निर्देशन दिइएको र म्याद नाघेको सामान बेच्ने सामान भन्दा अलग राख्न निर्देशन दिइएको छ ।

    नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जनाए अनुसार बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्र र दुवाकोट प्रहरी प्रभागका प्रमुख किशोर ध्वज कार्कीको समेत सहभागिता थियो ।

    वडा अध्यक्ष सोमबहादुर प्रधान,नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, भक्तपुुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा र भक्तपुर घरेलु कार्यालयका कर्मचारी सरस्वती पौडेल लगायतको प्रतिनिधित्व रहेको बताइएको छ ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले नियमित अनुगमन हुने प्रष्ट पारेका छन् । दशैँ लगायतका चाडपर्व नजिकिदै गर्दा बढ्नसक्ने ठगी, कालोबजारी र गुणस्तरहीन बस्तु तथा सेवाको बिक्रीवितरणलाई नियन्त्रण गरिने जानकारी गराउंदै उनले उपभोक्ताको हितलाई अर्जुन दृष्टि बनाएर काम गर्ने दावी गरे ।

    प्रतिकृया दिनुहोस्

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...