News Portal

  • भक्तपुर इन्टरनेशनल अस्पतालबाट रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २९ असोज २०८०
    ७८४ पटक
    bhaktapur international hospitalभक्तपुर, २९ असोज २०८०

    भक्तपुरको मध्यपुर थिमि वडा नं. ३ कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाको सम्झौता भएको छ ।

    अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी श्रेष्ठले सम्झौता पत्रामा हस्ताक्षर गर्दै भक्तपुर इन्टरनेशनल अस्पतालबाट रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा प्रवाह हुने सार्वजनिक गरेका हुन् ।

    हस्ताक्षर गरिएको उक्त सम्झौतापत्रमा २२ प्रकारको स्वास्थ्यउपचार सेवामा सहुलियत प्रदान गरिने उल्लेख गरिएको छ । उक्त सम्झौता अनुसार अस्पतालले नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा अन्तर्गका कुनै पनि जेष्ठ नागरिक सदस्य वा असहाय अर्थात आर्थिक रुपमा कमजोर छन् भने उनीहरुलाई निःशुल्क उपचार गर्ने अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

    नेपाल रेडक्रस सोसाइटीमध्यपुर थिमि उपशाखाका सदस्यहरु, कर्मचारी र उनका परिवारहरुलाई सहज, सुलभ र सहुलियतउपचार सेवाको लागि अन्त कतै भौतारिनु नपर्ने गरी सेवा सुविधा दिन भक्तपुर इन्टरनेशल हस्पीटलले रेडक्रसको प्रस्तावलाई सहर्ष स्वीकार्नु भएकोले सदस्यहरुको हितलाई मध्यनजर गर्दै यो सम्झौता गरिएको उपशाखा सभापति बाबुकाजी श्रेष्ठले बताएका छन् ।

    सभापति श्रेष्ठका अनुसार यसरी सदस्यहरुका लागि सुविधा प्रदान गर्ने कार्य मध्यपुर थिमि उपशाखाको ऐतिहासिक शुरुवात भएको र यसले सेवाभावामा समर्पित सदस्यहरुको मनोबल बढ्ने उनले बिश्वास व्यक्त गरे ।

    कार्यक्रममाअस्पतालका प्रशासकीय प्रमुख रामकुमार श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने उपशाखाको तर्फबाट उपसभापति सविना श्रेष्ठ, सचिव जीवन श्रेष्ठ, कोषाध्यक्ष काशीभक्त कायस्थ, उपसचिव सुशिला श्रेष्ठ, सहकोषाध्यक्ष श्रीरामश्रेष्ठ, सदस्यहरु लक्ष्मीकेशरी श्रेष्ठ र कन्यामन्दिर प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

    सम्झौतापश्चात नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको तर्फबाट अस्पताललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...