News Portal

  • नेपाल ओमानसंग ५ रनले पराजित, युएईसंग भोलि मुलपानीमा भिड्ने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १६ कार्तिक २०८०
    ३०३ पटक
    भक्तपुर, १६ कार्तिक २०८०

    टि-२० विश्वकप छनोट एसिया फाइनलको समुह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग ५ रनले पराजित भएको छ।

    हार पछि ओमान समुह ‘ए’ को विजेता तथा नेपाल समुह ‘ए’ को उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ।

    नेपालले भोलि मुलपानी मैदानमा हुने सेमीफाइनलमा समुह ‘बि’ को विजेता युएईसंग प्रतिस्पर्धा गर्नेछ भने ओमानले टियु मैदान किर्तिपुरमा समुह ‘बि’ को उप-विजेतासंग प्रतिस्पर्धा गर्नेछ। नेपाल र युएई बीचको खेल भोलि ११ बजे सुरु हुनेछ।

    प्रतियोगिताको फाइनल पुग्ने दुई टिम २०२४ मा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट हुनेछ।

    दुई वर्ष अघि सन् २०२१ को टि-२० विश्वकप ग्लोबल छनोटको सेमीफाइनलमा नेपाललाई युएईले पराजित गर्दै विश्वकप छनोट हुनबाट रोक्दै आफु विश्वकप छनोट भएको थियो। यो पटक पुनः नेपालको बाटोमा युएईनै हुने भएको छ।

    समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन।

    अन्तिम ओभरमा जित्न २६ रन आवस्यक हुँदा विवेक यादवले पहिलो ३ बलमा छक्का प्रहार गरेता पनि त्यसपछिको ३ बलमा ओमानले यादव र करन केसीको विकेट लिंदै जित दर्ता गर्यो। अन्तिम बलमा जित्न ६ रन आवस्यक हुँदा करनलाई क्याच आउट पार्दै बिलाल खानले ओमानलाई जित दिलाए।

    लक्ष्य पछ्याउने क्रममा नेपालले ८५ रन बनाउदा ८ विकेट गुमायो। नवौं विकेटको लागि बिबेक यादव र करन केसीले ५४ रनको साझेदारी गरेता पनि जित्न पर्याप्त रहेन। यादवले २४ बलमा ५ छक्का मद्दतले ३९ रन बनाए। करनले ११ बलमा १ चौका र १ छक्का मद्दतले १५ रन बनाए। कुशल भुर्तेलले २६ रन बनाउदा सोमपाल कामि, रोहित पौडेल र सन्दिप जोराले समान १२ रन बनाए।

    ओमान बलर बिलाल खानले ३ तथा शकिल अहमद, मेहरान खान र अकिब इल्यासले २/२ विकेट लिए। जिशान मक्सुदले १ विकेट लिए।

    यस अघि टस हारेर ब्याटिंग गरेको ओमानले २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाएको थियो। ओमनका लागि जीसम मक्सूदले ३२, नसिम खुशीले २५, प्रतिक अथवालेले २४, सकील अहमदले २२ र आयान खानले १८ रन बनाए।

    नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई-दुई तथा गुल्सन झा र अविनाश बोहराले एक-एक विकेट लिए।

    समुह ‘बि’ तर्फ मुलपानी मैदानमा आजै विहानै सम्पन्न दोश्रो खेलमा युएईले हंगकंगलाई २२ रनले पराजित गर्यो। युएई सबै तिन खेलमा जित दर्ता गर्न सफल रह्यो।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...