News Portal

  • विद्यार्थी निकेतनमा म्ह पूजा र देउसीभैलो

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ कार्तिक २०८०
    ३३२ पटक
    mha pooja vidyarthi niketanभक्तपुर, २४ कार्तिक २०८०

    भक्तपुरको दरवार क्षेत्र साकोठास्थित विद्यार्थी निकेतन माद्यमिक विद्यालयमा म्ह पूजा र देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले तिहारको अवसर पारेर शुक्रवार म्ह पूजा र देउसीभैलो कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रममा बालविकासदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई म्ह पूजामा सहभागी गराइएको थियो भने कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थीहरु देउसीभैलोमा सहभागी भएका विद्यालयका प्रधानाध्यापक हरिभक्त भडेलले बताएका छन् । पर्वहरुबारे विद्यार्थीलाई जानकारी एवं अपनत्व दिलाउन र पर्व पुस्तान्तरणमा सहयोग गर्न कार्यक्रम फलदायी भएको प्रधानाध्यापक भडेलको भनाइ छ ।


    म्ह पूजा र देउसी भैलो नेपालीको मौलिक धार्मिक संस्कृतीको रुपमा रहेका छन् । म्ह पूजा विशेषगरी नेवा: समुदायले मात्र मनाउने गर्दछन । नेपाल सम्बतको पहिलो दिन म्ह पूजा मनाइन्छ । म्हः पूजा आफूले आफैँलाई पूजा गर्ने पर्व हो। यसले आफूलाई पवित्र, परोपकारी र धार्मिक बनाइराख्न प्रेरित गर्दछ । त्यस्तै देउसी भैलो पनि नेपालको मौलिक परम्परा हो । तिहारको बेलामा मात्र लय हालेर गाइने विशेष गीत नै देउसीभैलो हो जसले सामुहिक एकता, हित र सहकार्यलाई प्रतिबिम्बित गर्दछ ।

    म्ह पूजा र देउसीभैलोलाई बिदेशमा रहने नेपालीले पनि आफ्नो मौलिक पहिचानका रूपमा मनाउने गरेका उल्लेख गर्दै विद्यार्थी निकेतनकी सामाजिक शिक्षक तारा खतिवडाले यस्ता मौलिक परम्परा र संस्कृतीबारे विद्यार्थीलाई जानकारी गराउने कार्यक्रमको उदेश्य सफल रहेको दावी गरिन ।

    कार्यक्रममा विद्यार्थीहरु उत्साहपूर्वक सहभागी भएका थिए । उक्त अवसरमा उनीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए भने शिक्षकहरुले उनीहरुलाई प्रेरित गरेका देखिन्थे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेंले कार्यक्रमको अवलोकन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...