News Portal

  • कमलविनायकमा बिजुक्छें निवास नजिकै खुल्यो खजुरीको पसल, नि:शुल्क होम डेलिभरी हुने

    राजेशमान मानन्धर भक्तपुर, २५ कार्तिक २०८०
    २१६९ पटक
    khajuriko pasal kamalabinayakभक्तपुर, २५ कार्तिक २०८०

    खजुरीको ब्राण्ड मन पराउने पारखीहरुलाई लक्षित गर्दै भक्तपुरको कमलविनायकमा खजुरीको पसल खुलेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ को निवाससंगै खजुरीको पसल खुलेको हो ।

    शनिवार उक्त खजुरीको पसल शुभारम्भ समेत गरिएको छ । तीलगङ्गास्थित नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वयनाले आफ्नो छोराबुहारीले हेर्नेगरी उक्त पसल व्यवसाय शुरु गरेका हुन् । बच्चाहरुलाई विदेश जानुभन्दा स्वदेशमै स्वरोजगार बनाउन ब्यवसाय शुरु गरिएको बताउने त्वयनाले ‘खजुरीको पसल’ लोकप्रिय ब्राण्ड भएकोले कमलविनायकमा यसको शाखा बिस्तार गरिएको बताए ।

    खजुरीको पसलमा खजुरीको हरेक ब्राण्ड त पाइने नै भयो ! त्यसका अलावा बिभिन्न ब्रान्डका खाद्य बस्तु, दैनिक उपभोग्य सामाग्री, किराना देखि लिक्यर्स सम्म उपलब्ध रहेको त्वयनाले बताएका छन् । पसलमा हरेक मालबस्तु गुणस्तरीय भएको ग्यारेन्टी गर्दै उनले उपभोक्ता हितलाई अधिकत्तम महत्व दिएको दावी गरे ।

    पसल शुभारम्भको अवसरमा सामानको प्रकृती अनुसार ३ प्रतिसत देखि ३५ प्रतिसत सम्म छुटको व्यवस्था गरिएको उनले बताए । विशेषगरी चामलमा भारी छुटको व्यवस्था गरिएको छ भने चिनीको बजारमा कालोबजारी देखिंदा खजुरीको पसलमा प्रति किलो १ सय १८ रुपैयामा उपभोक्तालाई चिनी बिक्रीवितरण गरिएको छ । खरीद गरिएका सामान नि:शुल्क घरमै पुर्याइने समेत सेवा उपलब्ध गराइएको त्वयनाले जनाएका छन् ।

    कमलविनायकमा खजुरीको पसल खुलेपछि गुणस्तरमा ध्यान दिने उपभोक्तालाई सुविधा मिलेको स्थानीयसमेत रहेका बरिष्ठ पत्रकार विकल श्रेष्ठ बताउँछन् । त्यस्तै अर्का स्थानीय एवं मानव अधिकार संगठनका भक्तपुर अध्यक्ष रामकृष्ण मानन्धरले विदेशमा समेत लोकप्रिय नेपाली ब्राण्डको कमलविनायकमा शाखा खुल्नु स्वागत योग्य रहेको बताएका छन् ।

    शुभारम्भको अवसरमा खजुरीको कम्पनीका प्रबन्ध निर्देशकले ‘खजुरीको पसल’ संग उपभोक्ताको बिश्वास जोडिएको बताउदै सबै शाखालाई ब्यापार संगै बिश्वास कायम राख्न प्रेरित गरिएको प्रष्ट पारे ।

    उक्त अवसरमा कमलविनायक क्षेत्रका खजुरीको पारखीका साथै बिभिन्न क्षेत्रमा ख्याती कमाएका स्थानीयहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । प्रमुख आकर्षणका रुपमा भने नेमकिपाका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें रोहितको उपस्थिति रहेको थियो । अध्यक्ष बिजुक्छेंले आफ्नो निवास संगै रहेको खजुरीको पसलमा किनमेल पनि गरेका छन् । शुभारम्भका अवसरमा खजुरीको ब्राण्ड प्रति बिबिध जिज्ञासा राखेका अध्यक्ष बिजुक्छेंले व्यवसाय सफलताको शुभकामना समेत दिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...