News Portal

  • सांसद दुर्लभ थापा दिल्ली प्रस्थान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० कात्तिक २०८०
    १२३९ पटक
    भक्तपुर, ३० कात्तिक २०८०

    भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । आफ्नो स्वास्थ्य उपचारका लागि उनी बिहीबार हवाई मार्ग हुँदै नयाँ दिल्ली पुगेका हुन् ।

    सांंसद थापाका स्वकीय सचिव सुभासिष ढकालले जनाए अनुसार त्यहाँस्थित मेदान्त अस्पतालमा उपचारका लागि थापा दिल्ली पुगिसकेका छन् । उनलाई त्रिभुवन बिमानस्थलमा बिदाइ गर्न मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठ लगायत कांग्रेसका नेताकार्यकर्ता बिमानस्थल पुगेका थिए ।

    उनी पछिल्लो समय मेरुदण्ड र नसा सम्बधित रोग AVN Pelvis को समस्याले ग्रसित छन् । भक्तपुरको मध्यपुर अस्पताल र काठमाडौको वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार गराउदा पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन नसक्दा सांसद थापाको परिवार र शुभचिन्तक चिन्तित छन् । केहि महिना अघि प्रतिनिधि सभालाई समेत सभामुख देवराज घिमिरेले सांसद थापा अस्वस्थ रहेको जानकारी गराएका थिए ।

    चिकित्सकले मेदान्तमा उपचार गराउन सिफारिस गरेपछि परिवारले थप उपचारका लागि उनलाई दिल्ली पुर्याएको हो । आराम गर्न आवश्यक भएपनि बिभिन्न सामाजिक काम र कार्यक्रममा ब्यस्त बन्नुपर्दा सांसद थापाको स्वास्थ्यमा सुधार हुन नसकेको पारिवारको गुनासो छ । सांंसद थापा निर्वाचित भए लगत्तै बिरामी परेपछि उनको सक्रियतालाई लिएर बिपक्षीहरुले कटाक्ष गर्न थालेपछि उनलाई आराम गर्ने अवसर प्राप्त हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...