News Portal

  • महेश बस्नेतको गृह जिल्लामा मसाल जुलुस

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ मंसिर २०८०
    ४५२ पटक
    भक्तपुर, ६ मंसिर २०८०

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा मसाल जुलुस निकालिएको छ । भक्तपुरका एमाले सम्बद्ध युवा विद्यार्थीहरुले बिहीवार गरिने शक्ति प्रदर्शनको तयारी स्वरुप आज साँझ मसाल जुलुस निकालेका हुन् ।

    युवा संघ र अनेरास्ववियुले बिहीवारको लागि आयोजना गरेको प्रदर्शनमा सहभागी हुन प्रोत्साहित गर्ने उदेश्यले बुधवार साँझ मसाल जुलुस निकालिएको बताइएको छ । जिल्लाको ४ वटै नगरपालिकालाई केन्द्रित गरी ४ ठाउँमा मसाल जुलुस सम्पन्न गरिएको युवा संघ नेपालका भक्तपुर अध्यक्ष रविन थापाले बताए ।

    सूर्यविनायक नगरपालिकाको सूर्यविनायक चोक, चाँगुनायणको लान्चाफल्चा, भक्तपुरको राम मन्दिर नजिक र मध्यपुर थिमीको निकुसेरामा मशाल जुलुस निकालिएको थापाले जनाएका छन् । निकोसेरा मेडिकल व्यवसायी दुर्गा प्रसाईको निवास क्षेत्र पनि हो । मसाल जुलुसलाई निस्तेज पार्न स्थानीय प्रशासनले ब्यापक सुरक्षाकर्मी तैनाथ गरेको भएपनि आफूहरुको कार्यक्रम सफल भएको आयोजकको दावी छ ।

    एमाले बिहीबार काठमाडौँको तीनकुनेमा विशाल प्रदर्शनको तयारीमा जुटेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चुनौती दिएर बिहीवार नै आफ्नो शक्ति प्रदर्शन गर्ने भएपछि एमालेको सिंगो पार्टीलाई भोलि हुने प्रदर्शन प्रतिष्ठाको विषय समेत बनेको छ ।

    दुई पक्षबीच हुनसक्ने तनावलाई ध्यान दिएर सरकारले निश्चित ठाउँमा निषेधाज्ञा जारी गर्नुका साथै सुरक्षा सतर्कता बढाएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...