News Portal

  • गणतन्त्रका कारण महिलालाई सम्मान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ मंसिर २०८०
    १६४ पटक
    भक्तपुर, ८ मंसिर २०८०

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रका कारण महिला सशक्तीकरणमा सहयोग पुगेको बताएकी छन्।

    दाङको लमही नगरपालिका-१ सुन्डवरीमा निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवौं वार्षिक साधरणसभामा मन्त्री शर्माले गणतन्त्र स्थापना भएपछि छोरीलाई पनि सम्मानपूर्वक हेरिन थालेको बताइन्।

    मन्त्री शर्माले भनिन्, ‘अहिले महिला अधिकारका विषय संस्थागत बन्दै गएका छन्, महिलालाई बाहिर निस्कन नदिने समाजमा अहिले प्रत्येक क्षेत्रमा महिला अधिकारका विषय उठेका मात्रै छैनन् बिस्तारै अनिवार्य बन्दै संस्थागत भएका छन्।’

    महिलाहरू केही गर्न सक्दैनन् भन्नेहरूलाई महिलाले चलाएका सहकारीले उदाहरणीय काम गरेर देखाइरहेको भन्दै मन्त्री शर्माले उद्यमको माध्यमबाट महिलाहरू उत्पादनसँग जोडिएकोमा खुसी व्यक्त गरिन्। उत्पादित वस्तु तथा सेवालाई बजारीकरणको काममा स्थानीय सरकारले सहयोगी भूमिका निर्वाह गर्न आवश्यक भएको बताइन्।

    यसैबीच, आजै नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं १ ले आयोजना गरेको एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य मन्त्री शर्माले गणतन्त्र जनताकै शासन व्यवस्था भएका कारण गल्ती गर्ने व्यक्ति ढिलोचाँडो सजायको भागीदार हुने बताइन्। उनले भनिन्, ‘कसै कसैलाई यो गणतन्त्रमा जे पनि गर्न पाइन्छ, भन्ने लागेको होला, जो कोहीले पनि गल्ती गरेको प्रमाणित भए सजाय भोग्नुपर्छ।’

    मन्त्री शर्माले वर्तमान सरकारले प्रतिकूलतामा पनि धेरै महत्त्वपूर्ण काम गरेर लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने अथक प्रयास गरिरहेको बताइन्।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...