News Portal

  • गणतन्त्रका कारण महिलालाई सम्मान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ मंसिर २०८०
    २६३ पटक
    भक्तपुर, ८ मंसिर २०८०

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रका कारण महिला सशक्तीकरणमा सहयोग पुगेको बताएकी छन्।

    दाङको लमही नगरपालिका-१ सुन्डवरीमा निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवौं वार्षिक साधरणसभामा मन्त्री शर्माले गणतन्त्र स्थापना भएपछि छोरीलाई पनि सम्मानपूर्वक हेरिन थालेको बताइन्।

    मन्त्री शर्माले भनिन्, ‘अहिले महिला अधिकारका विषय संस्थागत बन्दै गएका छन्, महिलालाई बाहिर निस्कन नदिने समाजमा अहिले प्रत्येक क्षेत्रमा महिला अधिकारका विषय उठेका मात्रै छैनन् बिस्तारै अनिवार्य बन्दै संस्थागत भएका छन्।’

    महिलाहरू केही गर्न सक्दैनन् भन्नेहरूलाई महिलाले चलाएका सहकारीले उदाहरणीय काम गरेर देखाइरहेको भन्दै मन्त्री शर्माले उद्यमको माध्यमबाट महिलाहरू उत्पादनसँग जोडिएकोमा खुसी व्यक्त गरिन्। उत्पादित वस्तु तथा सेवालाई बजारीकरणको काममा स्थानीय सरकारले सहयोगी भूमिका निर्वाह गर्न आवश्यक भएको बताइन्।

    यसैबीच, आजै नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं १ ले आयोजना गरेको एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य मन्त्री शर्माले गणतन्त्र जनताकै शासन व्यवस्था भएका कारण गल्ती गर्ने व्यक्ति ढिलोचाँडो सजायको भागीदार हुने बताइन्। उनले भनिन्, ‘कसै कसैलाई यो गणतन्त्रमा जे पनि गर्न पाइन्छ, भन्ने लागेको होला, जो कोहीले पनि गल्ती गरेको प्रमाणित भए सजाय भोग्नुपर्छ।’

    मन्त्री शर्माले वर्तमान सरकारले प्रतिकूलतामा पनि धेरै महत्त्वपूर्ण काम गरेर लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने अथक प्रयास गरिरहेको बताइन्।

    प्रतिकृया दिनुहोस्

    उपत्यकाव्यापी अन्तर पालिका एकायन कराँते प्रतियोगिता शुरू

    प्रथम उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता शुरू भएको छ । काठमाडौको लैनचौरस्थित...

    सुरुङ खनी फरार यादव १२ वर्षपछि पक्राउ, ११ जना अझै फरार

    रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

    आज लौहपुरुष गणेशमानको ११०औँ जन्मजयन्ती, कटुन्जेमा काँग्रेसको कार्यक्रम

    लौहपुरुष गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्ती आज शनिवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...

    पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा

    मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा बिकास गर्न मध्यपुर महोत्सव हुने भएको छ । भक्तपुरको मध्यपुर थिमि...

    डिभी भर्ने म्याद सकियो

    अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय अवधी सकिएको छ ।आज रातिबाट...