News Portal

  • जिप्रका भक्तपुर बिरुद्ध सर्वोच्चमा मुद्दा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ८ मंसिर २०८०
    ५४७ पटक
    भक्तपुर, ८ मंसिर २०८०

    गणतन्त्र बिरोधी अभियन्ता भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुर बिरुद्ध सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार डा. सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले भक्तपुरका यी दुई कार्यालयलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणकाे निवेदन दर्ता गराएका हुन् ।

    प्रसाईंलाई घरमै कानुनविपरीत नजरबन्दमा राखिएको दायर निवेदनमा भनिएको छ । प्रसाईको मौलिक मानव अधिकार कुण्ठित भएको भन्दै उनलाई अदालतमा उपस्थित गराई बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरि पाउन निवेदनमा मागदावी गरिएको छ । प्रसाईको स्वतन्त्रता हनन भएको भन्दै बिपक्षीहरुबाट उचित क्षतीपूर्ती भराई पाउन पनि निवेदनमा माग गरिएको छ ।

    सर्वाेच्चले आइतवारलाई तारेख ताेकेकाे बताइएको छ।

    झापा स्थायी घर भएका प्रसाई भक्तपुरको मध्यपुर थिमि–६ निकोसेरा नजिकै निजी निवासमा बस्दै आएका छन् । बिहीवार बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईले आफ्ना समर्थकलाई ३ दिन प्रदर्शन गर्न उर्दी जारी गरेका भएपनि शुक्रवार उनी आफै घर बाहिर निस्किएनन ।

    प्रसाईलाई अहिले सुरक्षा चुनौती रहेको र प्रहरीले उनको घरमा सुरक्षा मात्र दिएको तर नजरबन्द भने नगरेको भक्तपुरका प्रहरी प्रमुख रहेका एसपी बेद बिष्टले बताएका छन् । “सुरक्षाका लागि खटिएका प्रहरी देखाएर गलत प्रचार भयो ।” उनले भने ।

    दुर्गा प्रसाई गिरफ्तार वा नजरबन्दमा भन्ने काल्पनिक हल्ला मात्रै भएको उपप्रधान एवं ग्रह मन्त्रीका स्वकीय सचिव विजय गौतमले समेत बताएका छन् । ‘प्रसाईजी गिरफ्तार वा नजरबन्दमा भन्ने भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पुर्णत झुट र काल्पनिक हल्ला मात्रै हो।’ उनले भने ।

    यसैबीच बिहीवार बल्खुमा प्रदर्शनका क्रममा द्वीपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस र निजी एवम् सार्वजनिक सम्पत्तिको नोक्सानी हुन नपाओस् भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको तथा केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा मात्रै प्रयोग गरिएको उप प्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी गराएका छन् । प्रहरीले रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरेको उनले बताएका छन् । दुई पक्षको सम्भावित भिडन्त रोक्न प्रहरी सफल भएको तर, उल्टै प्रहरीको मनोबल गिराउन खोज्ने कार्य निन्दनीय भएको गृह मन्त्रीको सचिवालयको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...