News Portal

  • सांसद सन्तोष परियार रास्वपाको केन्द्रीय सदस्य मनोनित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १३ मंसिर २०८०
    २५८ पटक
    santosh pariyar rabiभक्तपुर, १३ मंसिर २०८०

    भक्तपुरका नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसमेत रहेका सांसद सन्तोष परियार पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनित भएका छन् । रास्वपाको महोत्तरीमा बसेको केन्द्रीय सदस्य र सांसदहरुको बैठकले सांसदलाई स्वत: केन्द्रीय सदस्य मनोनयन गरेको हो ।

    रास्वपाका हाल उपसभामुखसमेत २१ जना सांसद छन् । ७ जना यस अघि नै केन्द्रीय समितिमा अटाएका थिए भने बाकी १४ जना समेत बुधबारदेखि केन्द्रीय सदस्य बनेका छन् । रास्वपामा केन्द्रीय सदस्य थपिदा पनि विधानमा व्यवस्था गरिएको १२१ सदस्यीय केन्द्रीय समितिले पूर्णता पाएको भने छैन ।

    रास्वपाको सांगठानिक संरचनामा सबैभन्दा माथि मानिएको केन्द्रीय समितिमा पर्न सांसदहरुले जोड गर्दै आएका थिए । भोलिका दिनलाई मध्यनजर गरी पार्टीले विधान नै संशोधन गरेर सांसद स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था समेत गर्न लागेको बताइएको छ ।

    बुधवारकै बैठकले सांसद समेत रहेका डा. स्वर्णिम वाग्लेलाई उपसभापति चयन गरेको छ भने अन्य आधा दर्जन नेताहरुलाई पनि सांगठनिक हैसियत प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...