News Portal

  • खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ मंसिर २०८०
    ४३३ पटक
    भक्तपुर, २१ मंसिर २०८०

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा संगठन बिस्तार गरेको छ । चाँगुनारायण २ मा भएको युवा भेलाबाट सुशान्त खड्काको नेतृत्वमा २७ सदस्यीय वडा समिति गठन गरिएको हो ।

    बिहीवार सम्पन्न भेलाले सुशान्त खड्काको नेतृत्वमा २७ सदस्यीय वडा समिति गठन गरेको पार्टीका नगर अध्यक्ष नरेश खड्काले जानकारी गराएका हुन् । उक्त वडा उनको आफ्नै वडा पनि हो । पार्टीप्रति युवामा देखिएको आकर्षण नगर पार्टीलाई उत्साहित पार्ने किसिमको रहेको नगर अध्यक्ष खड्काले जिकिर गरेका छन् ।

    जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको अवसरमा चाँगु-२ मा वाइसिएलको संगठन बिस्तार गरिएको उक्त क्षेत्रमा अभियानको जिम्मेवारी पाएका प्रदेश सदस्य युवराज आचार्यले बताए ।

    बागमती प्रदेश सभाकी सांसद एवं अभियान अन्तर्गत चाँगु नारायणको इन्चार्ज रहेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य अमृता नेपालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको वाइसिएल इन्चार्ज नरेश रन्जितले जानकारी गराएका छन् ।

    उक्त अवसरमा नेतृ नेपालले समसामयिक राजनीति, पार्टीको पछिल्लो अवस्था र सरकारको उपलब्धीबारे युवाहरुलाई प्रशिक्षित गरेकी थिइन् । उनले व्यवस्था बदल्न माओवादीले गरेको योगदानको स्मरण गर्दै अब जनताको अवस्था बदल्ने जिम्मेवारी पनि माओवादीकै काधमा रहेको बताइन। अरु पार्टीले हल्ला मात्र गर्ने तर आफूहरुले भने काम गर्ने उनको भनाइ छ । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा मात्र नभई बिग्रेको अर्थतन्त्र सुधार्न समेत सफल भएकोले जनतामा नयाँ आशा पलाएको उनले उल्लेख गरेकी छन् । उनले युवाहरुले हल्लाको पछि नलागी स्व- विवेकले पार्टी छान्नुपर्नेमा जोड दिंदै माओवादी केन्द्रको बिकल्पमा नेपालमा कुनै क्रान्तिकारी पार्टी नजन्मिएको जिकिर गरिन ।

    कार्यक्रममा वाइसिएल नेताहरु दिपेश लामिछाने, सुरेन्द्र सुवाल, लक्ष्मण दुलाल लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...