News Portal

  • गृहमन्त्रीको रोजाईमा भक्तपुरका भोला, गोरखामा सिडिओको जिम्मेवारी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३० मंसिर २०८०
    ११०४ पटक
    bhola dahalभक्तपुर, ३० मंसिर २०८०

    भक्तपुरको चाँगुनारायण ३ गेलाल गाउँका भोला दाहालले गोरखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । सहसचिव दाहाल उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउन सफल भएका हुन् ।

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोजाईमा उनलाई गोरखा लगिएको श्रोतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ता रहेका उनी यसै महिना गृह मन्त्रालयमा सरुवा भएका थिए । गृहमा अनुभव भएका सहसचिव छोडेर गृहमन्त्री श्रेष्ठले दाहाललाई गोरखाका लागि छानेका हुन् । उनको प्रशासनिक क्षमता, स्पष्टता, कामप्रतिको लगाव र इमान्दारीका कारण उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ उनीबाट प्रभावित रहेका बताइएको छ ।

    मुखिया-खरिदार-नासु-शाखा अधिकृत-उपसचिव हुँदै सहसचिव सम्म ६ वटै पदमा खुला प्रतिस्पर्धामा नाम निकालेका भोला एक काविल प्रशासक मानिन्छन । आफ्नो धरातल कसैले पनि बिर्सनु नहुने बताउने भोलाले आफ्नो नामको पछि ‘धरातल’ थपेर भोला धरातलको परिचय बनाएका छन् ।

    गृह प्रशासनमा प्रमुख जिल्ला अधिकारीको रुपमा सेवा गर्ने अवसर प्राप्त हुँदा उत्साहित रहेको दाहालले भक्तपुर पोष्टसंग प्रतिक्रिया दिएका छन् । गोरखा जिल्ला नै भनेर नखोजेको स्पष्ट पार्दै उनले मन्त्रालयले गोरखामा जिम्मेवारी दिएकोमा उत्साहित नै रहेको बताए । गोरखाको शान्ति सुरक्षालाई अर्जुन दृष्टि बनाएर काम गर्ने बताउदै उनले आफूलाई सबैको साथ् र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

    गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गर्दा दाहाललाई गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी परेको हो । सरुवा तथा पदस्थापन भएका २५ मध्ये पाँचजना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन् भने एकजना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएका गृह मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही सरुवा र पदस्थापन गरेको उपप्रधान एवं गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जिकिर गरेका छन् ।

    कस्को जिम्मेवारी कहाँ?, तलको तालिका हेर्नुहोस् ।

    प्रजिअ सरुवा सूची.xlsx123

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...