News Portal

  • श्रीकृष्ण माविले उचाल्यो राष्ट्रपति रनिङशिल्ड, पछिपछि विद्याकुञ्ज गोल्डेनसुनगाभा र प्रज्ञा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३० मंसिर २०८०
    २५० पटक
    भक्तपुर, ३० मंसिर २०८०

    चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते सम्पन्न भएको प्रतियोगितामा १४ स्वर्ण, १३ रजत र ९ कास्यसहित कुल ३६ पदकका साथ श्रीकृष्णले उपाधि जितेको हो ।

    प्रतियोगितामा पारिजात विद्याकुञ्ज ८ स्वर्ण, ६ रजत र ५ कास्यसहित दोस्रो, गोल्डेन सुनगाभा ईंङ्गलिस स्कुल ७ स्वर्ण, १० रजत र ९ कास्यसहित तेस्रो, प्रज्ञा ईंङ्गलिस स्कुल ६ स्वर्ण, ६ रजत र १८ कास्यसहित चौंथो र चाँगुनारायण माध्यामिक विद्यालय ५ स्वर्ण र ४ कास्यसहित पाँचौं स्थानमा रहेका छन् ।


    यसैगरी युनाइटेड प्रिप्यारेटरी ईङ्गलिस स्कुल ४ स्वर्ण, ३ रजतसहित छैंठौंं, महेन्द्र ग्राम मावि ३ स्वर्ण, ७ रजत, ५ कास्यसहित सातौं, देवी मावि ३ स्वर्ण, ३ रजत, ५ कास्यसहित आठौं, नर्थईष्ट ईङ्गलिस स्कुल ३ स्वर्ण, १ रजत, १ कास्यसहित नवौं, मित्रश्री पाठशाला २ स्वर्ण, १ रजत र १ कास्यसहित दशौं स्थान हासिल गरेका छन् ।

    आरक्षण नेशनल एकेडेमी र पञ्चकन्या मावि समान २ स्वर्ण, २ कास्यसहित संयुक्तरुपमा ११ औं, गणेश मावि छालिङ १ स्वर्ण, २ रजत, १ कास्यसहित १२ औं, गणेश मावि दुवाकोट १ स्वर्ण, १ रजत, १ कास्यसहित १३ औं, ऋतमभरा पाठशाला १ स्वर्ण, ३ कास्यसहित १४ औं, क्वालिटी ईङ्गलिस स्कुल १ स्वर्ण २ कास्यसहित १५ औं स्थानमा रहेका छन् ।


    यसैगरी फुलब्राइट स्कुल ३ रजत, ३ कास्यसहित १६ औं, द कन्ट्री साइड स्कुल १ रजत १ कास्यसहित १७ औं, आजाद मावि, बागेहिणी मावि र साइनिङ स्कुल समान एक÷एक रजतका साथ संयुक्तरुपमा १८ औं, सरस्वती मावि ३ कास्यका साथ १९ औं र बालमिकेश्वर मावि १ कास्यका साथ २० औं स्थान हासिल गर्न सफल भएका छन् ।

    प्रतियोगिताका विजयी खेलाडी तथा विद्यालयलाई शुक्रवार आयोजित समारोहमा नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दीपक थापा, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख उप अनुसन्धान निर्देशक टेकराज तिमल्सिना, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक बसन्त पाठक, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, वडा नं. १ देखी ९ सम्मका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतका अतिथीहरुले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरी पुरस्कृत गरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जनाएका छन् ।

     

     

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...