News Portal

  • भक्तपुर आएका प्रधानमन्त्री प्रचण्डले लिए पूर्वमन्त्री यादवको स्वास्थ्य अवस्थाबारे जानकारी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ४ पुस २०८०
    २३१ पटक
    matrikaa yadavभक्तपुर, ४ पुस २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य मात्रिका यादवको स्वास्थ्य अस्वस्थाबरे जानकारी लिएका छन् । भक्तपुरको मध्यपुर थिमी ३ सुन्दर बस्तीमा बस्दै आएका नेता यादव अस्वस्त भएपछि उनको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री भक्तपुर आएका हुन् ।

    पूर्वमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य यादव गत एक सातादेखि बिरामी रहेका छन् । ज्वरो र टाउको दुखाइ अत्यधिक भएपछि उपचार गराइरहेका यादवको स्वास्थ्यमा सुधार हुन नसकेको परिवारका सदस्यहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नेता यादवको शिघ्र स्वास्थ्य लाभको कामना गरेका परिवारको भनाइ छ ।

    यसैबीच पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड मध्यपुर थिमि आएको अवसर पारेर नेकपा(माओवादी केन्द्र) को मध्यपुर थिमि नगर समितिले शिष्टाचार भेट गरेको छ । मध्यपुर थिमि नगरपालिकाको उपमेयर समेत रहेका स्थानीय नगर पार्टीका अध्यक्ष बिजय कृष्ण श्रेष्ठको निवासमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड लाई स्वागत गर्दै समसामयिक राजनीतिबारे बुझ्ने अवसर प्राप्त भएको नगर समितिले जनाएको हो ।

    उक्त अवसरमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपुर थिमि नगरपालिका मात्र नभई उक्त निर्वाचन क्षेत्रबाट संसदीय निर्वाचन समेत जित्न स्थानीय कार्यकर्तालाई प्रोत्साहित गरेका छन् । जनतासंग जोडिन र जनयुद्धकालको जस्तै न्यानो सम्बन्ध स्थापित गर्न जोड दिंदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेता बनेर होइन, स्थानीयको सेवक बनेर घरघरको समस्या समाधानमा केन्द्रीत हुन दिशानिर्देश गरेका नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले बताए ।

    आफू नेतृत्वको सरकार सुशासनको पक्षमा खडा भएको र भ्रष्टाचार एवं तस्करी नियन्त्रणमा लागिरहेको मन नपराउने तत्वले उल्टै सरकारलाई बद्नाम गर्न खोज्दैमा आफू बिचलित नबन्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको कामबाट जनतामा नयाँ आशा र बिश्वास बढेको बताएका छन् । विरोधीका भ्रमपूर्ण प्रचारको खारेज गर्दै सरकारका उपलब्धीहरुलाई जनतामाझ स्थापित गर्न समेत उनले स्थानीय नेताकार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डसंगै उनकी छोरी समेत रहेकी स्वकीय सचिव गङ्गा दाहाल पनि भक्तपुर आएकी थिइन् ।

    उक्त अवसरमा नगरपालिकाका उपमेयर समेत रहेका पार्टीका नगर अध्यक्ष विजय कृष्ण श्रेष्ठले मध्यपुर थिमिमा स्थानिय निर्वाचनका बेला पार्टीले अघि सारेको शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन लगायतकाचुनावी प्रतिवद्धता अनुरुप आफूले काम गरिरहेको जानकारी गराएका थिए भने प्रधानमन्त्री प्रचण्डले नगरपालिकाको बिकास र सम्बृद्धिका लागि सरकारको सदैव साथ् र सहयोग रहने प्रतिवद्धता प्रकट गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...