News Portal

  • जगातीमा बोलेरो गाडीले लियो पैदलयात्रीको ज्यान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ पुस २०८०
    २७६१ पटक
    भक्तपुर, ७ पुस २०८०

    भक्तपुरको सूर्यविनायक ९ जगातीमा बोलेरो गाडीले ठक्कर दिंदा पैदलयात्रीको ज्यान अगेको छ । जिल्ला रोल्पा करेती गा.वि.स. वडा नं ६ घर भएका बर्ष ३१ को अर्जुन घर्तीमगरको ज्यान गएको हो ।

    शुक्रवार राति करिब ९ बजेको समयमा जगातीबाट साँगा तर्फ जादै गरेको बा.१० च. ८२८३ नम्बरको बोलेरोले सोही दिशातर्फ जादै गरेका घर्तीमगर लाई ठक्कर दिएको थियो । सिनामंगलस्थित के एम सी अस्पतालमा उपचारकै क्रममा शनिवार १:१५ बजे उनको निधन भएको प्रहरीले पुष्टि गरेको हो ।

    गाडी र गाडी चालक जिल्ला भक्तपुर सूर्यविनायक १० नलिन्चोक बस्ने वर्ष ५६ को बिश्वनाथ हेङ्गजुलाई नियन्त्रणमा लिई प्रहरी वृत जगाती भक्तपुरमा राखिएको र थप अनुसन्धान कार्य भईरहेको व्यहोरा प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...